ताजा अपडेट »

सैनामैना मेयर कप फुटबल : विश्वशान्ती युवा क्लब अन्तिम चारमा

शुक्रबार, ३० माघ २०७७, २१ : ५३
4 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा जारी तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार विश्वशान्ती युवा क्लब सालझण्डी अन्तिम चारमा प्रवेश गरेको छ । विश्वशान्तीले र भैरव एफ.सी. नवलपरासीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । शुक्रवारको खेलमा विश्वशान्तीले भैरव एफ.सीलाई २-१ गोल अन्तरले पराजीत गरेको हो ।

गत माघ २४ गतेदेखि जारी नकआउट फुटबल प्रतियोगितामा विजेता टिमले २ लाख २२ हजार २ सय २२ रुपैया प्राप्त गर्ने छ । उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद पुरस्कार सहित कप र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । सैनमौना नगरपालिकाको आयोजना तथा स्थानीय जनप्रिय स्पोर्टिङ्ग युवा क्लब, देवापारको व्यबस्थापनमा भएको प्रतियोगितामा विभिन्न जिल्लाका १२ फुटबल टिमहरुले सहभागिता जनाएका छन् ।

स्थानीय सरस्वती माविमा भइरहेको खेलमा विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार प्राप्त गर्ने छ भने उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर तथा उत्कृष्ट प्रशिक्षकलाई नगद राशीले सम्मानित गरिने आयोजकले जनाएको छ ।

https://www.globalaawaj.com/archives/81202
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।