ताजा अपडेट »

हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’

शुक्रबार, ३० माघ २०७७, १९ : ५६
4 Shares

काठमाण्डौं । सिर्जना खत्री हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’सार्वजनिक भएको छ । स्वयं खत्रीको शब्द र स्वर रहेको सो गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ । गीतमा खत्री र केवलजङ्ग कुँवरको अभिनय छ । पछिल्लो समय ‘एक्सको छम्मा’ गीत गाएर चर्चा कमाउनुभएका उनले हाल यो गीत सार्वजनिक भएपछि स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् ।

“विगतको गीतबाट यस्तै गीत मात्र गाउँछे भन्ने जुन टिप्पणी आएको थियो, त्यसलाई यो गीतले चिरेको छ”, उनले भनिन्। माया गर्ने सम्पूर्ण जोडीका लागि यो गीत समर्पित रहेको खत्रीले बताइन् । गीत उनकै व्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।