२१ असार २०७९, मंगलवार

Jul 5, 2022

चितवन। वाग्मती प्रदेश सरकारले आगामी फागुन १ गतेदेखि क्यान्सरका बिरामीलाई रु ५० हजार उपचारका लागि सहयोग गर्ने भएको छ । यसअघि क्यान्सरका बिरामीलाई सङ्घीय सरकारले रु एक लाख उपचार सहयोग गर्दै आएको थियो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार फागनु १ गतेदेखि लागू हुनेगरी छुट सुविधा दिन वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सम्झौता भएको छ । उनका अनुसार क्यान्सर उपचारमा लाग्ने खर्चमा सरकारले दिँदै आएको रु एक लाखमा प्रदेश सरकारले थप रु ५० हजार उपलब्ध गराउने भएको हो । सङ्घीय सरकारको रकम सकिएपछि प्रदेश सरकारको रकम खर्च गरिनेछ । प्रदेशभित्रका स्थायी बासिन्दालाई मात्र यो सुविधा उपलब्ध हुने उनले जानकारी दिए ।

उनका अनुसार प्रदेशले यो सुविधाका लागि चालू आर्थिक वर्षमा रु सात करोड विनियोजन गरेको छ । यस अस्पतालमा उपचार गराउन आउने क्यान्सरका बिरामीमध्ये ४० प्रतिशत हाराहारी वाग्मती प्रदेशका जनता हुने गरेका छन् । थप सहयोग पाएसँगै बिरामी र तिनका परिवारलाई राहत पुग्ने उनको भनाइ छ । क्यान्सर रोगको उपचार निकै खर्चिलो हुन्छ । निजीमा उपचार गर्न खर्चका कारण जो कोहीलाई कठिन हुने गर्दछ । सरकारीमा समेत उपचारका लागि आवश्यकपर्ने उपकरण, औषधिलगायत महङ्गो पर्ने भएकाले उपचार खर्चिलो हुने गर्दछ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ डुंगा डुब्दा १५ जना मछुवा बेपत्ता