१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईको अन्त्यसम्ममा अधिकांश अमेरिकीलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने योजना घोषणा गरेका छन् । राष्ट्रपति बाइडेनले उक्त खोप अभियानका लागि थप दुई करोड डोज खोपको व्यवस्था गर्न लागेको जानकारी दिएका छन् ।अमेरिकामा अब खोपहरु औषधि पसल र सुपरमार्केटका फार्मेसी पसलमा पनि उपलब्ध गराइने योजना अगाडि बढेको छ ।बाइडेन प्रशासनले मोडर्नाबाट एक करोड तथा फाइजर कम्पनीबाट एक करोड डोज खोप किन्ने सम्झौता गरेको छ ।

युरोपेली मुलुकमा कोभिड–१९ का संक्रमितको संख्यामा केही कमी आइरहे पनि विश्वका अन्य स्थानमा कोरोनाभाइरसको प्रभाव अझै बाँकी रहेको विश्व स्वास्थ्य संगठन ९डब्लु एओले जनाएको छ ।डब्लुएचओका युरोप निर्देशक हान्स क्लजले कोरोनाभाइरसको संक्रमणमा कमी आएको देखिए पनि समुदायस्तरमा नयाँ स्वरुपमा कोरोना फैलिएको हुन सक्नेतर्फ सचेत रहनु पर्नेमा जोड दिएको छ ।युरोपेली मुलुकहरुमा अझै पनि हरेक साता पाँच लाखको हाराहारीमा नयाँ संक्रमित फेला परिरहेका छन् ।

खोप खरिदको पछिल्लो विश्लेषणमा संयुक्तराज्य अमेरिका नै अग्र स्थानमा रहेको छ । यहाँ कोरोना संक्रमणबाट चार लाख ७० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । अमेरिकामा सबै योग्य व्यक्तिलाई जुलाईको अन्त्यसम्ममा खोप दिन पुग्नेगरी पर्याप्त खोपको व्यवस्था गर्न लागिएको बाइडेन प्रशासनले जनाएको छ ।एएफपीको गणना अनुसार विश्वभर कम्तीमा ९१ मुलुकका १५ करोड ५७ लाख व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लिइसकेका छन् । तर सीमित आपूर्तिका कारण खोप अभियानमा असर परेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पाँच दिनपछि अबरुद्ध हवाई सेवा सुचारु सप्तकोसी नदी कटानले दर्जनौं बस्तीका चार हजार घरपरिवार उच्च जोखिममा अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागेः पञ्चा सिंह ३ वर्षमा ५२ सुत्केरीको एयर लिफ्टिङमार्फत उद्धार, आगामी वर्ष ४५ लाख विनियोजन लुम्बिनी सरकारलाई अर्को चुनौती, अस्पताल विकास समितिलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश घुस रकमसहित अदालका कर्मचारी अख्तियारको फन्दामा लुम्बिनी प्रदेशमा २७८ मृगौला रोगी तथा १४७३ दमका विरामीलाई उपचारमा आर्थिक सहयाेग काँग्रेसमा संस्थापन इतरको बैठक आज पनि बस्ने यस्तो छ ३ दिनसम्ममको मौसमी आंकलन बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि लुम्बिनीको दाङमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते जुम्लामा जिल्ला स्तरीय कृषि मेला : चिनोदेखि भाँगोसम्म प्रदर्शनी अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते दाङमा सिकलसेलको स्क्रिनीङ परिक्षण गाई-गोरु बाँध्ने गोठमै नवजात शिशुसहित सुत्केरीको बास ५ वर्षीया बालिका बलात्कृत, १६ वर्षीय किशोर पक्राउ धान दिवसमा रोपाइँसँगै विविध सांस्कृतिक कार्यक्रम लुम्बिनीका ६ जिल्लामा सिकलसेल एनिमियाका बिरामी, परीक्षणमै समस्या इस्माले दुना–टपरी उद्योग सञ्चालन गर्ने