२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासङ्घले कोेरोनाका कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोनाविरुद्धको खोप अभियानमा सहभागी गराउन सरकालाई आग्रह गरेको छ । महासङ्घको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालसहित समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई बिहीबार मन्त्रालयमा भेट गरी सो माग गरेको हो ।

Advertisement

भेटवार्तामा सभापति ढकालले तत्कालका लागि उद्योगी व्यवसायीका लागि पाँच हजार डोज खोप उपलब्ध गराउन अनुरोध गर्दै भने, “कोरोनाका कारण निजी क्षेत्र पनि आक्रान्त भइरहेकाले महासङ्घसँग आबद्ध जिल्ला नगर, वस्तुगत तथा एशोसिएट्स सदस्यका लागि सरकारले तत्कालै पाँच हजार डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्छ ।” सभापति ढकालले सरकारले ल्याएर उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसकेको खण्डमा उक्त खोप निजी क्षेत्रलाई नै ल्याउन दिनसमेत माग गरे ।

विशेषगरी एउटा निकायको सहमतिमा व्यवसायीले आयात गरेको सामान अर्को निकायले रोक लगाएर दुःख दिने गरेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन आग्रह गरियो । यसअघि खाद्य विभागले स्वीकृति दिएर आयात गरेको भिटामिन स्वास्थ्य विभागले रोकेको भन्दै सरकारी संयन्त्रबीच एकरुपकता ल्याउन सो अवसरमा आग्रह गरियो ।

सो अवसरमा मन्त्री त्रिपाठीले पहिलो चरणमा ल्याएको प्राथमिकताका क्रममा दिन शुरु गरिएकाले दोस्रो चरणको खोप आयातपछि उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखिने बताए। साथै मन्त्री त्रिपाठीले निजी क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिने विषयमा समेत सकारात्मक आश्वासन दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ डुंगा डुब्दा १५ जना मछुवा बेपत्ता सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो गोली देखाई छिमेकी तर्साउने एक जना पक्राउ काठमाडौँमा थप दुई जनामा हैजा