२१ असार २०७९, मंगलवार

Jul 5, 2022

बुटवल । मुलुकमा दण्डहीनताको अन्त्य नभएसम्म आपराधिक प्रवृत्तिका घटनाहरु दोहोरिइरहने सरोकारवालाले गुनासो गरेका छन् । उनीहरुले सरकारले सबैप्रकारका अपराधलाई राजनीतिकरण गरेर यसप्रकारका घटनाहरु श्रृङ्खलाबद्ध रुपमा घटिरहेको उनीहरुको भनाई छ । रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशको बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सम्झना शर्माले महिला हिंसाका घटनामा प्रमाण सुरक्षित गर्नुपर्ने बताइन् ।

Advertisement

उनले प्रहरीलाई बलियो बनाउनुपर्ने भन्दै पुर्वाधार, प्रबिधि जरूरी रहेको बताइन् । उनले आयोग पिडितमैत्री रहेको भन्दै हिंसा न्यूनिकरण गर्न नैतिक शिक्षा, मानव अधिकार शिक्षा आवश्यक रहेको बताइन् । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक प्रतीत सिंह राठौरले पछिल्ला घटनामा प्रहरी अनुन्धान कुनैपनि हालतमा नरोकिने बताए । उनले प्रहरीले अनुसन्धान नरोक्ने बरु प्रमाण खोज्ने बताए । उनले कानुन ठिक र कार्यान्वयन पनि ठिक भएपनि घटना घटिरहेको भन्दै समाजमा जनचेतनामूलक कार्यक्रम जरूरी रहेको बताए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोबिन्द खनालले निर्मम घटनामा सरकार दोषि रहेको बताए । उनले निर्मला पन्त, भागिरथी भट्ट लगायतका चेलीमाथि बलात्कारपछि हत्या हुनु क्रुरताको परकाष्टा भएको बताए । उनले सरकारका अंगहरू पनि कार्यान्वयनमा जान नसकेको भन्दै प्रभाव दवावले होइन विबेक प्रयोग गर्नुपर्ने बताए । उनले सरकारलाई सच्चाउनेगरि काम गर्नुपर्ने भन्दै नागरिकको चेतना स्तर बढाउन जरूरी रहेको बताए । उच्च अदालत बुटवल बारका अध्यक्ष अधिवक्ता जोगबहादुर खत्रीले कानुन कार्यन्वयन नभएको भन्दै चिन्ता ब्यक्त गरे । ‘कानुनमा जन्मकैद छ तर बालिका बलात्कार रोकिएन ।’ उनले भने, महिला हिंसाका आयामको खोजि गर्नुपर्छ, सामाजिक सञ्जामन, अस्लिल साईटका कारण पनि समस्या बढेको छ ।’

गैरसरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्माले समाज पित्रि सतात्मक सोचमै रहेको बताइन् । उनले बालबालिका र महिलाहरुलाइ यौन शिक्षा सिकाउनुपर्ने र लाईफ स्किल सिकाउनै पर्ने बताइन् । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ