ताजा अपडेट »

अख्तियारद्वारा सडक पूर्वाधारका ४ कर्मचारी सैनामैनाबाट पक्राउ

विहीबार, २९ माघ २०७७, २० : १९
2 Shares

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सडक पूर्वाधार बिकास कार्यालय रोल्पाका निमित्त प्रमुखसहित ४ जनालाई पक्राउ गरेको छ । उनिहरुलाई रुपन्देहीको सैनामैनाबाट स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी सुरेश भूसालका अनुसार निमिक्त कार्यालय प्रमुख नवीन श्रेष्ठ, ईन्जिनियर निर्मल पन्त, सब ईन्जिनियर प्रेम कुमार बराल र हलुका सवारी चालक मान सिंह पुनलाई श्रोत नखुलेको १ लाख ९० हजार रकमसहित आज दिउसो पक्रा गरिएको हो । रोल्पाबाट बुटवलतर्फ आउँदै गर्दा सैनामैना-१० स्थित पूर्व-पश्चिम लोकमार्गको कोठीबनबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।