ताजा अपडेट »

जवाफी कारबाहीमा म्यानमारमा १३ को मृत्यु

शुक्रबार, ०४ माघ २०७५, १७ : २६
6 Shares

माघ ४,

म्यानमारको सेनाले १३ जना राखिने लडाकूहरु मारिएको शुक्रबार जनाएको छ ।विद्रोहीहरुले यही महिनाको सुरुमा प्रहरी कार्यालयमा आक्रमण गरेकोमा त्यसको जवाफी कारबाही गर्दा उनीहरु मारिएको सैन्य अधिकारीहरुले जनाएका छन् ।

राखिने राज्यमा पछिल्ला केही हप्तामा नयाँ तहबाट हिंसात्मक घटनाहरु सुरु भएका छन् । राखिने बौद्धहरुको छुट्टै राज्य हुनु पर्ने माग गर्दै भइरहेको विद्रोहका क्रममा विद्रोही र सरकारी सेना बीच भिडन्त भएका हुन् ।

यनीहरुको द्वन्द्वका कारण मुस्लीम धर्माबलम्वी रोहिङ्ग्याहरु ठूलो संख्यामा विस्थापित भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार सात लाख २० हजार रोहिङ्ग्याहरु बङ्लादेश विस्थापित भएका हुन् । उनीहरु त्यहाँ शरणार्थीका रुपमा बसेका छन् ।

उनीहरु विरुद्ध सन् २०१७ को अगस्ट देखि सेनाले कडा सुरक्षा कारबाही थालेपछि उनीहरु विस्थापित भएका हुन् ।

जनवरी ४ म्यानमारको स्वतन्त्रता दिवस थियो, त्यही बेला उनीहरुले गरेको आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी मारिएका थिए भने अरु नौ जना घाइते भएका थिए ।
यसैको जवाफी कारबाही सेनाको तर्फबाट गर्दा उत्तिकै संख्यामा विद्रोही पक्षका लडाकूहरु मारिएका छन् ।

जनवरी ५ देखि १६ सम्म भएको सुरक्षा कारबाहीमा परी मारिएका १३ जनाको शव नियन्त्रणमा लिइएको सैन्य अधिकारीहरुले दावी गरेका छन् ।-
एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।