ताजा अपडेट »

रुपन्देही सुपरलिग : गोलपार्क क्रिकेट क्लब विजयी

विहीबार, २९ माघ २०७७, १६ : ५६
8 Shares

भैरहवा । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन बी अन्तर्गतको खेलमा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ । गोलपार्कले बुटवल युथलाई ६६ रनले पारजित गरेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको गोलपार्कले ३९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २०७ रन जोडेको थियो । जसमा रिक्की पुनले ४५, बिनोद रनपालले ३३, जीवन पुनले ३१ र हेमन्त ओलीले २८ रन जोडे । बलिङमा बुटवल युथका बिनित पौडेलले चार, सन्तोष परियार र सुजन गौतमले समान दुई/दुई विकेट लिए ।

जवाफी ब्याटिङ गर्न आएको बुटवल युथले मात्र एक सय ४१ रन बनाउन सक्यो । ३३ ओभर तीन बलमा सबै विकेट गुमाउँदै ६६ रनको हार ब्यहोर्याे । उसका लागि सुजन गौतमले सर्वाधिक ३१ रन, सुमन थापा क्षेत्रीले २७ र बिनित पौडेलले २० रन बनाए । बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बुटवल युथलाई सस्तैमा रोक्न १० ओभर बलिङ गरेका जीवन पुनले २ मेर्डन राख्दै १५ रन खर्चेर पाँच विकेट लिए । यस्तै, रिक्की पुनले २, रिजन पछाई, आर्गिन सुबेदी र बिनोद रनपालले समान एक/एक विकेट लिए । महालक्ष्मी म्यान अफ दी म्याच जीवन पुन घोषित भई पुरस्कृत भए । शुक्रबार सैनामैना क्रिकेट क्लब र स्टार क्रिकेट क्लवबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।