बुटवल । रुपन्देहीको भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थललाई लक्षित गरी तिलोत्तमाको भलवारीमा नयाँ होटल सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग बुटवल–भैरहवा अन्तर्गत तिलोत्तमा–७ भलवारीमा होटल हिडन प्यालेस प्रा.लि. सञ्चालनमा आएको हो । लुम्बिनीमा आएका पर्यटकहरुलाई आकर्षण गर्नेगरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनले उद्देश्यसहित होटल सञ्चालनमा ल्याइएको होटलका प्रवन्ध निर्देशक आभुषण खनालले बताए ।
वि.स. २०७० सालमासामान्य पार्टी प्यालेसका रुपमा रहेको होटललाई विकसित गर्दै अत्याधुनिक सुविधा सम्पन्न होटलका रुपमा सञ्चालन गर्न लागिएको हो । हालसम्म करिब १७ करोडको लगानीमा सञ्चालन भइरहेको होटललाई फूलफेजमा सञ्चालन गर्दा यसको लगानी अझै बढ्ने सञ्चालकले बताएका छन् । होटलमा सुविधा सम्पन्न ३४ वटा कोठा रहेका छन् । जसमध्ये २ वटा डिलक्स जुनियर स्वीट, ९ वटा क्वीन वेड र बाँकी २३ वटा टुवीन वेड रहेका छन् । त्यस्तै डे डाईनिङ् रेष्टुरेण्ट, सेमिनार हलको निर्माण सम्पन्न भइसकेको होटलका अध्यक्ष अन्जुशर्मा खनालले बताइन् । होटलमा आगामी बैशाखसम्म ३६० भ्यू बार हाउस (डोम), ब्याङ्क्वीट हल, स्वीमिङ् पुल, बेकरी (पाउरोटी पसल) लगायतका संरचना निर्माणका चरणमा रहेको उनले बताइन् ।
यसैगरी आगामी वर्षभित्र हेल्थ क्लब, जिम हाउस, फनपार्क लगायतका संरचना बनाउने लक्ष्य लिइएको होटलका कार्यकारी अध्यक्ष भुवन शर्मा खनालले बताए । होटलमा अधिकांश नेपाली उत्पादन प्रयोग गरिएको बताउँदै उनले बैंकिङ पार्ट्नर्सका रुपमा शाइन रेसङु्गा डेभलपमेन्ट बैंक रहेको जानकारी दिए । करिब साढे ३ कट्ठा क्षेत्रफलमा रहेको होटल सञ्चालनका लागि १० कट्ठा जग्गा लिजमा लिएर थप गरिएको सञ्चालकले जानकारी गराए ।
प्रतिक्रिया