ताजा अपडेट »

फोर्स मोटर्सको गाडी खरीदमा माछापुच्छ्रे बैंकको सहुलिएत ऋण

विहीबार, २९ माघ २०७७, १७ : ०७
2 Shares

भैरहवा । नेपालको आधिकारीक बिक्रेता सिद्धार्थ विश्वज्योति प्रा.लि र माछापुच्छ्रे बैंक लिमिटेड बिच बुधबार सम्झौता गरेको छ । ग्राहकहरुले फोर्स मोटर्स ब्राण्डका कर्मसियल गाडी खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सिद्धार्थ फोर्स मोटर्स प्रा.लिको तर्फबाट अध्यक्ष दिनेश मान अमात्य र निर्देशक प्रविन भारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रदेश प्रबन्धक उज्जल पाण्डेले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशमा रहेका डिलरबाट फोर्स ब्रान्डको नयाँ कर्मसियल गाडी खरीद गर्न चाहने ग्राहकलाई सरल र सहज रुपमा सेवा प्रदान गर्नेछ । अब फोर्स मोटर्स ब्रान्डका गाडी किनि स्वरोजगार हुने मौका नगुमाउन कम्पनीका म्यानेजरद्धय नवराज मरासिनी र सन्तोष ज्ञवालीको आग्रह छ । फोर्स मोटर्सको गाडीमा लामो समयको वारेन्टी अवधि र बलियो अत्याधिक इन्धन माइलेज दिने सर्भिस इञ्जिनियर युवराज कार्कीले बताए । स्पेयर पाटर््सको लागि नेपालको हरेक कुना काम्चामा उपलब्ध गराउने एवं उपलब्ध रहेको स्पेयर म्यानेजर राहुल गुप्ताले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।