ताजा अपडेट »

प्रचण्ड-नेपाल पक्षद्वारा रामकुमारी पक्राउको विरोध, अविलम्ब रिहा गर्न माग

विहीबार, २९ माघ २०७७, १४ : ४५
6 Shares

काठमाडौँ । प्रचण्ड-नेपाल समूहको नेकपाले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको उल्लेख गरेका छन् । ‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन ।’- विज्ञप्तिमा भनिएको छ । यस्तै प्रचण्ड–नेपाल समूलले रामकुमारी झाँक्रीलाई निःशत र अविलम्ब रिहा गर्न माग गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।