२२ असार २०७९, बुधबार

Jul 6, 2022

याङ्गुन । म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध जारी राखिरहेको यस अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार व्यवसायप्रति लक्षित हुने बताइएको छ ।

अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ । कूविरुद्ध प्रदर्शनका क्रममा मङ्गलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्अस्थित एउटा अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले प्रतिबन्धको कदम चालेको हो । अमेरिकी राष्ट्रपति बाइडेनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सुकीसहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गरेका छन् ।

मङ्गलवार प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा गोली प्रहार गरेका थिए । म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन्। तर ठूला जमघटहरू गर्न नपाइने नियम तथा रात्रिकालीन कफ्र्युको अवज्ञा गर्दै मानिसहरूले सेनाको विरोधमा प्रदर्शन गर्न छोडेका छैनन्। । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ०४ बजेसम्म देशभरि निशेधाज्ञा लागु गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङको तुलसीपुर पूर्णखोप सुनिश्चिता उपमहानगर कोरोना संक्रमढा बढ्यो, बधुबार थपिए ११३ संक्रमित दार्चुलामा तुइनबाट खसेर किशोर बेपत्ता तुलसीपुरको फोहोरबाट प्राङ्गारिक मल उत्पादनको तयारी भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस भात पकाउन नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन : शर्मा अर्थमन्त्री शर्माले दिए राजीनामा अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार बस दुर्घटना, पाँच जना घाइते अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा ४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि… असार २६ गते सार्वजनिक विदा चौधरी ग्रुपको स्पष्टीकरणः बजेट निमार्णमा हाम्रो कुनै संलग्नता छैन, छानबिन होस् वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर