२१ असार २०७९, मंगलवार

Jul 5, 2022

खलङ्गा । जिल्ला प्रहरी कार्यालय जुम्लामा दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुँदा जिल्लाको शान्ति सुरक्षामा समस्या भएको छ ।

Advertisement

चिसो याममा जिल्लामा एक जना प्रहरीले दैनिक १८ घण्टासम्म ड्युटी गर्नुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । उनले भने, “जुम्लामा प्रहरीको दरबन्दी ३५० जनाको छ । तर हाल २४५ जना मात्रै कार्यरत छन् । १०५ जना सुरक्षाकर्मीको दरबन्दी वर्षौँदेखि खाली छ । जसकारण पर्याप्त सुरक्षाकर्मी खटाउन सकस भएपछि सुरक्षा चुनौती बढेको छ ।” हत्या, हिंसा, चोरी, डकैतीका घटना दैनिक बढिरहेका छन् । न्यून जनशक्तिलाई ओभर टाइम ड्युटी गराएर शान्ति सुरक्षाका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जिप्रकामा कार्यरत २४५ जनामध्ये १६५ जना सुरक्षाकर्मी जिल्लाभरिका २७ वटा प्रहरी चौकीमा कार्यरत छन् । अहिले जिप्रकामा ८० जनाले मात्रै समग्र सदरमुकामको शान्ति सुरक्षा गरिरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । उनले भने, “सदरमुकाममा हजारौँको संख्यामा हुने आन्दोलन प्रदर्शनलाई नियन्त्रण गर्न एक डेढ सय सुरक्षाकर्मी खटाउनुपर्छ । २० देखि ३० जना पठाएर भीड नियन्त्रण गर्नु, शान्ति सुरक्षा कायम गर्नु निकै सकस हुन्छ ।” गाउँमा आगलागी, झैँ–झगडा भएको खण्डमा पनि सुरक्षा दिनसक्ने जनशक्ति नहुँदा समस्या भएको हाडसिँजा इलाका प्रहरी कार्यालयका प्रमुख बालकृष्ण विकले बताए ।

अधिकांश चौकी भाडाकै घरमा

जिल्लाका अधिकांश प्रहरी चौकी भाडाकै घरमा छन् । जिल्लामा रहेका २७ प्रहरी चौकीमध्ये ११ वटामात्र आफ्नै कार्यालयबाट सेवा प्रवाह गरेका छन् । ६ वटा विभिन्न कार्यालयसँग सम्बन्धित छन् । १३ वटा चौकी भाडाकै घरमा बसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

यहाँको ताम्ती, गोठिज्युला, उर्थुलगायत ९ चौकी तत्कालीन रुपमा स्थानीय सरकार, बजार व्यवस्थापन समितिबाट सञ्चालन भए पनि अधिकांश प्रहरी चौकीको आफ्नै भवन छैन् । वर्षौँदेखि भाडाकै घरमा बसेर पनि शान्तिसुरक्षामा खटिएका प्रहरी चौकीको आफ्नै भवन बनाउन आवश्यक पहल गरिने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ