बझाङको जयपृथ्वी नगरपालिकाले झोलुङगेपुल हटाइ नदिँदा पानकोट सेती पारिका बस्तीमा जोड्ने पानकोट मोटरेवल पुल निर्माणमा ढिलाइ । ढलानको सामान पुलपारीसम्म पुर्याउन झोलुङ्गेपुलका कारण समस्या भएकाले पुल हटाउनुपर्ने निर्माण कम्पनीले जनाएको छ । विसं २०७३ साल असार महिनामा निर्माण सम्पन्न हुने गरी पुलको ठेक्का सम्झौता भए पनि डिजाइन इस्टमेटमा त्रुटि भएका कारण पुल निर्माणमा ढिलाइ भएको र गत वर्ष इस्टमेट परिवर्तन गरी पुन : टेन्डर भई निमार्ण कार्य सुरु भएको हो । तस्बिर: रमेश केसी / रासस