Jul 1, 2022
काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाँक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि झाँक्रीको निवासमा भेला भएका नेकपा कार्यकर्ताले नारावाजी चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाएको थियो । तर झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी जारी गरेर उनलाई पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस्