२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाडौँ। विभिन्न घटनामा संलग्न भएको आरोपमा कसुरदार ठहर भई फरार रहेका दुई व्यक्ति कारागार चलान भएका छन् । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरी अदालतमा पेश गरिएकामा अदालतको आदेशले उनीहरू कारागार चलान भएका हुन् ।

Advertisement

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको विसं २०७६ साउन १४ को फैसलाले पाँच दिन कैद र रू सात लाख जरिवाना हुने ठहर भएकामा उक्त सजाय बेरुजु रही फरार रहेका प्रतिवादी बूढानीलकण्ठ बस्ने सुशीला श्रेष्ठलाई आज कारागार चलान गरिएको सिआइबीले जनाएको छ ।

गएराति काठमाडौँको शान्तिनगरबाट पक्राउ गरी अदालतमा पेश गरिएकामा अदालतको आदेशपछि आजै कारागार कार्यालय जगन्नाथदेवल पठाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए ।

यस्तै वैदेशिक रोजगार कसूर मुद्दामा सर्वोच्च अदालतको यही मङ्सिर ११ गतेको फैसलाले एक वर्ष छ महिना कैद र रू एक लाख ५० हजार जरिवाना हुने ठहर भई फरार हुँदै आएकी पाल्पा खानीगाउँकी टीकाकुमारी थापालाई पनि पक्राउपछि कारागार चलान गरिएको छ । सजाय बेरुजु रही फरार रहेकी थापालाई भक्तपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिकामा अदालतको आदेशले कारागार चलान गरिएको ब्युरोले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ? नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो