ताजा अपडेट »

प्रेस युनियन अर्घाखाँचीको तेस्रो बैठक

विहीबार, २९ माघ २०७७, १२ : १३
4 Shares

अर्घाखाँची । नेपाल प्रेस युनियन अर्घाखाँचीको तेस्रो बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । युनियनको मुखपत्र विकासका लागि सञ्चार नामक स्मारिका प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते विमोचन गर्ने बैठकले निर्णय गरेको छ ।

कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ । प्रेस युनियनको आगामी जेठ १३ र १४ गते हुने केन्द्रीय महाधिवेशनको स्थान नतोकिएकाले महाधिवेशन अर्घाखाँचीमा गर्न केन्द्रीय समितिलाई प्रस्ताव गर्ने र युनियन अर्घाखाँची शाखा आयोजक बन्न तयार रहेको बैठकले निर्णय गरेको छ । साथै बिहीबार हुने नेपाल पत्रकार महासंघको साधारणसभालाई सफल रूपमा सम्पन्न गर्न युनियनले सहयोगी भूमिका निर्बाह गर्ने निर्णय गरेको छ ।

बैठक प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र केसीको अध्यक्षता र सचिव विष्णुप्रसाद खनालको सञ्चालनमा सम्पन्न बैठकमा युनियनका सल्लाहकार नीमबहादुर रिजाल, पुर्बअध्यक्ष एव सल्लाहकार सुर्यप्रसाद भुसाल, पार्सद प्रेमनारायण आचार्य लगायतका युनियनकर्मीको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।