२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाण्डौं । सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने जानकारी दिए । यसअघि पिसिआर परीक्षण शुल्क रु दुई हजार लिने गरेको थियो । यस्तै अबदेखि कोभिड–१९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने भएको छ । यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड–१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा आज बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो । मन्त्रालयले यसअघि कोभिड–१९ को उपचारका लागि तोकिएका मेडिकल कलेजमा आजसम्म भर्ना भई उपचार रहेका कोभिड–१९ का सङ्क्रमितको १० दिनको मात्र शोधभर्ना उपलब्ध गराउने भएको उनले बताए । हालसम्म नेपालमा दुई लाख ७२ हजार ३४९ सङ्क्रमित भएका छन् । यस्तै दुई लाख ६८ हजार ५४९ निको र दुई हजार ४७ जना सङ्क्रमितबाट निधन भएका छन्।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आलुको बोरामा भेटियो करिब ८४ लाख अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ? नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च