२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाण्डौं । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) ले कोभिड–१९ का कारण प्रभावित बनेको होटल क्षेत्रको समस्याबारे बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई भेटी सहजीकरणका लागि पहल गरिदिन अनुरोध गरेको छ ।

Advertisement

हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको प्रतिनिधि भण्डलले सिंहदरबारमा पर्यटनमन्त्रीसँग भेटगरी होटल उद्योगको जगेर्नाका लागि पहल गरिदिन अनुरोध गरेको हो । सरकारले बिजुलीको डिमान्ड शुल्क छुट दिने निर्णय गरे पनि पर्यटन क्षेत्रलाई नसमेटेकामा हानले चिन्ता व्यक्त गर्दै त्यसका लागि पहल गरिदिन पर्यटनमन्त्रीसँग अनुरोध गरेको हानले जनाएको छ ।

सो अवसरमा पर्यटनमन्त्री ढकालले व्यवसायीले उठाएको समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताएका पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।होटल खोलिएपनि पर्यटक आउने अवस्था नरहेकाले तत्काल पर्यटन पुनरुत्थान सम्भव नरहेको भन्दै हानले आम्दानी शुन्य रहेको समयमा अधिकतम खर्च कर्मचारीको पारिश्रमिकमा जाने र विगत १० महिनादेखि कर्मचारीलाई नियमित भुक्तानी भइरहेको ऋणमाथि ऋण थप भइरहेको परिवेशमा अवका दिनमा कर्मचारीको व्यवस्थापनमा कठिनाइ हुने भन्दै सरकारी सहयोगको अपेक्षा गरिएको छ ।

बैंकबाट विभिन्न शीर्षकका ऋणको व्याज परिस्थिति अनुकूल नहुञ्जेलसम्मका लागि मिनाहा÷छुट÷समयसीमा थप्नुपर्ने माग पनि गरिएको छ । साथै होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रुपमा घोषणा गरी कार्यान्वयन ल्याउन भनिएको छ । हानले आफ्ना विभिन्न विषय र समस्यासहितको १४ बुँदे पत्र पर्यटनमन्त्रीलाई बुझाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ