२२ असार २०७९, बुधबार

Jul 6, 2022

काठमाडौ । बैतडीमा भएको भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरी आठ दिनदेखि अन्योलमा छ । सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीसहितको टोली घटनास्थलमै छ । तर, हत्याको सुराक नलाग्दा प्रहरी हैरान भएको छ ।

Advertisement

बैतडीको दोगडा केदार गाउँपालिका–७  की १७ वर्षीया भट्टको माघ २१ गते स्थानीय लवलेक सामुदायिक वनमा हत्या भएको थियो । जिल्ला अस्पतालको पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोटेर हत्या गरिएको पुष्टि गरेको थियो । अनुसन्धानका लागि प्रहरीले १० वटाभन्दा बढी टोली गाउँगाउँ परिचालन गरेको छ ।

दोगडा केदार गाउँपालिकाको केन्द्र रहेको खोचलेकदेखि मृतक बालिकाको घर जाने सडकमा त्यस दिन क–कसले यात्रा गरेका थिए त ? यही कुरा पत्ता लगाउन प्रहरी बढी खटिरहेको छ । प्रहरीले खोलचेक बजारदेखि केहीमाथि सिल्ल भन्ने स्थानसम्म भागरथी आएको भनेर देख्ने मान्छे पत्ता लगाइसकेको छ । ‘उनले चाउचाउ खाँदै बसिरहेकी देख्ने मान्छे फेला परेका छन्,’ मृतकका आफन्त शिवराज भट्टले भने ।

केही दिनपहिले मृतकको कपाल बाँध्ने रबर सर्टको बटन आदि भेटिएका थिए । मोबाइल लोकेसनको आधारमा उनको हत्या शव भेटिएकै आसपासमा भएको प्रहरीले अनुमान लगाएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

Flash News

भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस भात पकाउन नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन : शर्मा अर्थमन्त्री शर्माले दिए राजीनामा अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार बस दुर्घटना, पाँच जना घाइते अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा ४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि… असार २६ गते सार्वजनिक विदा चौधरी ग्रुपको स्पष्टीकरणः बजेट निमार्णमा हाम्रो कुनै संलग्नता छैन, छानबिन होस् वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर माओवादी केन्द्रीय समिति बैठक स्थगित सर्वोच्चका दुई महत्वपूर्ण फैसला : वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो खेर गएको प्लास्टिकबाटै यसरी उत्पादन हुन्छ इन्धन अर्घाखाँचीको सिद्धाराकाे गाउँमा पहिलाेपटक बिजुली पुगेपछि…