Jul 6, 2022
देउखुरी । दाङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा आज एक जनाको मृत्यु भएको छ । गढवा गाउँपलिका–२ तिरतिरे डाँडास्थित जङ्गलमा सिकार खेल्नेक्रममा सोही ठाउँ निवासी २८ वर्षीय सूर्यबहादुर रानाले बोकेको भरुवा बन्दुक पड्किँदा उनका दाई ४० वर्षीय इन्द्रबहादुर रानाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी गोबरडियाबाट खटिएको प्रहरीटोलीले सूर्यबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्