ताजा अपडेट »

सैनामैना मेयर कप फुटबल : फुलबारी गाइज बुटवल सेमिफाइनलमा

बुधबार, २८ माघ २०७७, १८ : ०२
4 Shares

बुटवल । तेश्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा फुलबारी गाइज विजयी भएको छ । फुलबारीले देउराली फोर ब्रदर्श नवलपरासीलाई १–० गोल अन्तरले पछि पार्दै सेमिफाइनल प्रवेश गरेको हो ।

सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय युवा क्लबको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तरगत बुधबारको खेलमा फुलबारीका लागि प्रयास तामाङले खेलको ५१ औं मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा तामाङ नै म्यान अफ दि म्याच घोषित भएका छन् । भोलि विहिबार हुने खेलमा रुपन्देहीको फर्साटिकर एफसी र कपिलवस्तु जिल्ला फुटबल संघ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

सैनामैना–७ सरस्वती माविको खेलमा मैदानमा जारी प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार २२२ सहित ट्रफि र मेडल प्राप्त गर्ने छ । उविजेता टिमले १ लाख उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगदसहित कप तथा मेडल प्राप्त गर्ने छ । प्रतियोगिताको अन्तिम ४ मा पुग्ने अन्य २ समुहले समेत नगद २०÷२० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी विधागत रुप उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक तथा उत्कृष्ट कोचलाई समेत नगद पुरस्कारले सम्मान गरिने भएको छ ।

https://www.globalaawaj.com/archives/80617
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।