ताजा अपडेट »

हेल्थ असिस्टेन्ट सङ्घको आन्दोलन फिर्ता

शुक्रबार, ०४ माघ २०७५, १७ : २३
2 Shares

माघ ४,

काठमाडौँ । आन्दोलनरत् हेल्थ असिस्टेन्ट सङ्घ नेपाल (हान)ले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्च नेतृत्वले हानले उठान गर्दै आएको प्रमुख माग पूरा गर्ने सहमति आज गरेपछि हानले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

सदनबाट पारित कर्मचारी समायोजन ऐन, स्वास्थ्य सेवासित सम्बन्धित केही प्रावधान र स्वास्थ्य सेवाका संरचना सच्याउनुपर्ने लगायतका माग राखी हान ११ दिनदेखि आन्दोलनमा उत्रेको थियो ।

मन्त्रालयद्वारा गठित वार्ता टोली र हानका पदाधिकारीका बीचमा आज भएको सहमतिमा कर्मचारी समयोजन व्यवस्थापन गर्दा नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसूची ७ अनुसार योग्यतालाई आधार मान्ने, प्रस्तावित निजामती ऐनमा सेवाको तहगत प्रणाली वैज्ञानिक बनाउन पहल गर्ने, समायोजन गर्दा शैक्षिक योग्यताका आधारमा एक तह वृद्धि गर्ने गरी पहल गर्ने लगायतका रहेका हानका केन्द्रीय सदस्य उदय महतोले जानकारी दिए ।


ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।