April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

कलाकार पूजालाई ठक्कर दिने माइक्रो बससँगै चालक पक्राउ

73.2K

बुटवल । कलाकार पुजा गहतराजलाई ठक्कर दिने माइक्रो बस र चालकलाई प्रहरीले एक दिनपछि आज पक्राउ गरेको छ । सोमबार भैरहवादेखि बुटवलतर्फ आउँदै गर्दा कलाकार पुजा सवार लु ३० पा ८५६९ नम्बरको स्कुटीलाई ठक्कर दिई फरार रहेको बस र चालकलाई प्रहरीले आज पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा परी घाइते पुजाको थप उपचारका लागि उद्धार गरी मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा सडक अन्तर्गत ड्राइभरटोल नजिकै माइक्रो बसले पुजा सवार स्कुटीलाई ठक्कर दिएको थियो । ठक्कर दिने लु १ ख ७१०८ नम्बरको माइक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पछिल्लो अपडेट