दैनिकजसो म स्कूल पुगेर फर्कदै थिए । स्कूल लजाने–आउने बाटो मेरा लागि सामान्य नै थियो । कसैसँग डराउनुपर्ने थिएन । त्यसैले २०७७ माघ २१ का दिनपनि निडर भई मेरो झुपडीतर्फ फर्कर्दै थिए । तर, अपसोँच, त्यसदिन साँझपख त्यही दैनिक हिड्ने पाखो–पखेरोले मेरा दुर्गति र अन्त्यको साक्षी बस्नु पर्यो । अनर्थ देख्नुपर्यो,केही नरपिचासहरुले मलाई अपहरण गरे,मेरो अस्मिता लुटियो । उनीहरुले अप्राकृतिक समागमबाट आनन्द लिए। राक्षसी रुपमा बलजफत मलाई यौनतृप्तीमा प्रयोग गरे ।
यतिले मात्र उनीहरुलाई पुगेन । गला निमोठीयो । देहलिला समाप्त पारियो । अनि मृत शरिरलाई ढुङ्गा सरह जंगलमा मिल्काइयो । भौतिक शरिरनै समाप्त पारेर बल्ल चरम सुखको आनन्द लिए ती अधर्मीहरुले । म जस्ताको चरम पीडा पापीहरुलाई खुसीको श्रोत बन्यो। ती पशुहरुलाई उमेरको के ख्यालरु इच्छा, चाहनाको के भेउ ? ती पटमूर्खहरुलाई न कसैको मनोविज्ञानको मतलबरु केवल आफ्नो अप्राकृतिक चाहना सर्वेसर्वा रहेछ । जसरी हुन्छ,त्यसलाई उनीहरु पूरा गर्छन् ।
म रोएँ,कराएँ। प्रतिरोधको प्रयास गरौं तर, मेरो केही चलेन । मेरो चित्कारले सान्त्वना पाएन । बाहुबलको अगाडि मेरो सामथ्र्यले भेटेन । मलाई बलजफती गरेपछि हत्या गर्न तम्से । नमार्न अलाप–विलाप, दुःख पुकार गरौं। प्राण पखेरु उड्ने बेलामा ‘पानी, पानी’ भन्दा समेत क्रुर तरिकाले हत्या गरेरै छाडे । एउटा म जस्तो १७ वर्षिया माथि जंगलमा लुकेर, ढुकेर, देखाइएको ताण्डव नृत्य र अपराधलाई उनीहरुले पराक्रम ठान्छन् भने त्यो भन्दा निच, पाखण्ड, डरपोक अरु के हुन सक्छ ? उनीहरुले देखाएको आपराधिक पुरुषत्व एक कायर कुकर्म हो । कठै ! उनीहरुको पुरुषार्थ देख्दा त मेरो आत्मामा अझै पनि दया जागेर आउँछ ।
उता मेरो विधवा आमा मेरै बाटो हेरेर अरनी बनाएर बसेकी थिइन् । सधैँ म स्कूलबाट फर्केपछि सँगै अरनी खाने उनको बानी थियो । तथापि अब उनले मेरो बाटो कहिल्यै कुर्न पाउने छैनन् । उनलाई भाग्य र सौभाग्य दुवैले ठग्यो । दुइमहिना अघिमात्र मेरा बाबाले अकालमा मृत्युवरण गरेका थिए । त्यसको चोट हाम्रो मस्तिष्कबाट हटेको थिएन । बाबाको बरखीमै रहेकी मेरी ४५ वर्षिया आमा त अझैसम्म विक्षिप्त नै हुनुहुन्थ्यो । पीडामाथि अझ मेरो दुःखद खबरले उहाँको हालत कस्तो भएहोला ? त्यो कल्पना समेत गर्दा मेरो मृत आत्मा भड्किन्छ । तर, मेरो आमा अब अझै जुझारु बन्नेछिन् । शोकलाई शक्तिमा बदलेर म जस्ता अरु नानीहरुको न्यायको लागि समेत आवाज उठाउने छिन् । भाग्य र सौभाग्यले ठगेपनि परिश्रम गरी कसैसँग भिख नमागि सफल र सक्षम बन्नेछिन्।
मैले समाचारहरुमा यस्ता अपराधकर्महरु सुन्दै आएकी थिएँ । जो आज म माथि पर्न गएको छ । न्यायको लागि देशभर आवाजहरु उठेको पनि सुनेकी थिएँ । न्याय नपाएको पनि सुनेकी । मेरो बारेमा किमार्थ त्यसो नहोस् । ताकी भविष्यमा ती अपराधीहरु म जस्तालाई शिकार बनाउनु पहिले हजार पटक सोँच्न बाध्य होउन् । मलाई थाहा छ,देशमा मानव अधिकारका विषयमा भाषणबाजीहरु गरिन्छन् । महिला अधिकारका नाममा दैनिकजसो कार्यक्रमहरु भइरहेकै छन् । बालअधिकर, दलित अधिकारका बारेमा त सरोकारवालाहरुले धेरै नै चासो राखेको जस्तो गर्छन् ।
तथापि मजस्ता कैंयन् आवजविहिनका बारेमा अडिग भएर बोलिदिने को ? दृढताका साथ न्यायकालागि लडिदिने को रु दुर्गम गाउँकी अबला मेरो निर्मम हत्याका बारेमा कस्ले कडाई साथ चुरो समाएर कुरो गरिदिने रुफगत बोल्नु र वास्तवमै दृढ भएर लाग्नु फरक कुरा हो । अनेकन मागहरु राखेर देशमा दैनिकजसो आइ लभ यू र आइ हेट यू ,जस्ता नारामा युवा भुल्न विवस् पारिएका छन् । जायज–नाजायज जेसुकै होस् । तर, निर्मला, सम्झना, म जस्ता सयौँ निर्बलाको हत्याका विरुद्यमा औपचारिकता भन्दा अगाडि बढेर को नै लाग्छन् र रु त्यसकारण मेरो जस्तो अपराधमा एका–दुई अपवाद बाहेक पीडितले न्याय पाएका छैनन् । म त्यसो नहोस् भनेर जोडदार माग गर्छु ।
हाम्रो समाज तुलनात्मक रुपमा पीडित तपक्षलाई न्यायभन्दा सान्त्वनामा बढी लागि परेको देखिन्छ । कतिपय मानिसहरु भाग्यलाई दोष दिएर जराबाटनै उठ्नुपर्ने न्यायप्रतिको चाहनालाई केही कुण्ठित समेत पारेको पाइन्छ । तथापि न्यायकालागि म यी सब कुरा उचित ठान्दिन । भाग्य खराब हैन । लेखा यस्तै हैन । दिन–दशा आएको पनि हैन । म मात्रै हैन ती अपराधिहरुको कोपभोजन भएको । अन्य धेरैलाई मेरै नियती भोग्न बाध्य पारिएको छ ।
बलात्कारपछि निर्मम हत्या गरिएको छ । त्यसैले कलिला नानीहरुमाथि आततायीहरुद्वारा गरिएको बर्बर हत्याको लागि सान्त्वना होइन दण्डहिनताको अन्त्यको लागि गाउँ-ठाउँबाट सबै जाग्नु जरुरी छ । अपराधीहरु कानूनको कठघरामा आउन नसक्नु नै ती अपराधीहरुको लागि अपराध कर्म गर्ने उत्प्रेरणा हो । कारवाहीको दाएरामा नल्याइँदा उनीहरु झन् मन्सिएर यस्ता क्रुर, अमानवीय कर्म गर्न तम्सिई रहेका छन् ।
म त अब फर्कन सक्दिन । न त मेरो आमाको मनमा खुसी । नत मेरा दाजु-दिदीमा हर्ष । नत मेरा नाता–गोता, इष्टमित्र, शुभचिन्तकमा खुसी फर्कननै सक्छ । तथापि मलाई बलात्कार र हत्या गर्नेलाई देशको कानूनले कडाभन्दाकडा कारबाही गरोस् । मेरो मन यति आक्रोशित भएको छ, कि उनीहरुलाई कानून हैन कर्म हेरेर सजाय गरियोस् । विशेषगरी बलात्कार, बलात्कारपछि हत्या, जानी बुझिकन हुने अन्य हत्या, मानव वलीदिने काममा संलग्नलाई कम्तिमा पनि सर्वस्वसहित मृत्युदण्डको सजाय हुने कानून निर्माण होस् ।
अरुको जानी बुझिकन हत्या तथा बलात्कार गर्ने क्रियाकलाप क्षम्य हुनु भनेको यस प्रकारका हिंस्रक क्रियाकलापले प्रश्रय पाउनु हो । त्यस्ता पशुहरुलाई उत्प्रेरणा मिल्नु हो । यहाँ मानव हिंस्रक बन्दै जानुमा हाम्रा जस्ता देशका कमजोर कानूून र तिनको फितलो प्रयोग, अनुसन्धानमा भ्रष्टाचार, न्यायमा पक्षपात, अपराधीलाई राजनीतिक संरक्षण जस्ता पक्षहरु मूलतःजिम्मेवार छन् । अब त्यस्ता कुराको व्यवहारिक रुपमा नै अन्त्य हुनुपर्छ ।
कसैको दानवीय इच्छा पूर्तीकालागि बझाङ्की सम्झना कामी, कन्चनपुरकी निर्मला पन्त, म स्वयम् लगाएत अन्य कैयौँले ज्यान वलिदानी दिनुपर्ने अवस्था कहिलेसम्म भन्ने प्रश्न अनुत्तरीत छ । अतःमेरो जोडदार अनुरोध यो छ कि, सरकार, दलहरु, नागरिक समाज, मानवअधिकार तथा अन्यअधिकारकर्मीहरु र समग्र समाजले अपराधीलाई कडा दण्डको लागि हदैसम्मको पहल गर्न अब चुक्नु हुँदैन । त्यसो नगरे अरु सिकार हुने क्रम रोकिने छैन । अन्त्यमा, पहिलो सर्त मलाई उचित न्याय चाहियो । र, मेरी आमाको न्यायको इच्छा पूरा गर्नकालागि सबैबाट सहयोग होस्,भन्ने मेरो पुकार छ । यति भएमा मेरो आत्माले शान्ति पाउनेछ ।
प्रतिक्रिया