April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

तिलोत्तमामा सवारी दुर्घटनामा परी बुटवलकी कलाकार पूजाको मृत्यु

52.3K

बुटवल । दुर्घटनामा परी एक कलाकारको ज्यान गएको छ । सोमबार रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा कलाकार पुजा गहतराजको मृत्यु भएको हो । सिद्धार्थ राजमार्गको बुटवल –भैरहवा सडक अन्तर्गत ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार २६ वर्षिया पूजाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवल ६ निवासी गहतराज लु ३० प ८५६९ नमबरको स्कूटीबाट भैरहवाबाट घरतर्फ आउँदैगर्दा दुर्घटनामा परेकी हुन् । घटना पश्चात् बसलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकी गहतराको क्रिमशन अस्पतालमा उचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय ,बुटवलले जनाएको छ ।

पछिल्लो अपडेट