ताजा अपडेट »

४२ किलोको खुकुरी मेलाको आकर्षणमा

शुक्रबार, ०४ माघ २०७५, १६ : ४५
2 Shares

४ माघ
गुल्मी । माघे सक्रान्तिको अवसरमा गुल्मीको रिडीमा चलेको मेलामा खुकुरी प्रति सबैको आकर्षण बनेको छ । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बाट मेलामा बेच्न ल्याएका मनबहादुर विश्वकर्माको ४२ किलाको खुकुरी सबैको आकर्षण बनेको हो । विश्वकर्माले गत वर्षको रिडी मेलामा ३५ किलोको खुकुरी निर्माण गरी प्रदर्शनमा राखेका थिए । गत वर्षभन्दा ठूलो खुकुरी प्रदर्शन गर्ने उद्देश्ले यो वर्ष भने ४२ किलोग्राम तौलको खुकुरी निर्माण गरी प्रदर्शनमा राखेका हुन् ।


१ लाख ११ हजार १ सय ११ रुपैयाँ मूल्य रहेको खुकुरी हेर्नका लागी दर्शकको भीड लाग्ने गरेको छ । अहिलेसम्मकै ठूलो खुकुरी भएकाले पनि सबैले कसरी निर्माण भएको होला भनेर हेर्न र बुझनको लागि चासो दिने गरेका हुन् । नेपालको गौरवसँग गाँसिएको खुकुरीको पहिचानका लागि प्रदर्शनमा राखेको खुकुरी निर्माण गर्ने विश्वकर्माले बताए । नेपालकै सबैभन्दा ठूलो खुकुरी भएको हुँदा मेला हेर्न आउने दर्शनार्थीका लागी खुकुरी आर्कषणको केन्द्र बनेको हो । १४ वर्ष देखि फलामका बिभिन्न औजारहरु बनाउदै आएका बिश्वकर्माले गतवर्ष देखि रिडी मेलामा फलामबाट बनेका खुकुरीहरु बेच्न ल्याउने गरेका छन् ।


यसवर्ष रिडी मेलाको लागी खुकुरी,खोडा,दाहु लगायतका सामाग्री ल्याएको बताए । विश्वकर्माले बनाएका खुकुरीहरु बाग्लुङसँगै,रुकुम,रोल्पा,बुटवल,पोखरा,काठमाडौं बिक्रीका लागी लैजाने गरेको बताए । उनले निर्माण गरेका बिभिन्न औजारहरुको मुल्य ३ हजार देखि ६ हजार सम्मका रहेको बताए ।विश्वकर्माले निर्माण गर्ने खुकुरी देशका बिभिन्न स्थानहरुमा प्रदर्शनमा राखी विभिन्न पुरस्कार समेत जितिसकेका छन् । तिन जिल्ला गुल्मी,पाल्पा,स्याङजाको संगमक्षेत्र रिडीमा माघे सक्रान्ति देखि तीनदिन सम्म कालीगण्डकीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गरेमामोक्ष प्राप्तहुने विश्वास छ । सक्रान्तिबाट सुरू भएको मेला ५ दिन सम्मचल्ने गर्दछ ।


मेलामा घरेलु उत्पादीत सामग्री, कृषिउपज वस्तुहरुलाई प्रर्दशनीमा राखिएको छ । यस क्षेत्रमाप्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनिनिकै महत्वपूर्ण मानिन्छ । माघे संक्रान्तिको अवशर पारेर पाँचदिनसम्म संचालनहुने रिडी मेलामा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । व्यापार तथा धार्मिक पर्यटनका लागि व्यापारिहरु रुकुम रोल्पालगायतका ठाउँवाट तीन दिनसम्मको यात्रागरि रिडी आउने गर्दछन् ।


मेलामा यस बर्ष बिबिध साँस्कृतिककार्यक्रम समेत हुदै आएको छ । माघे सक्रान्ति मेला सक्रान्ति देखि तीनदिन सम्म संचालनहुने भएपनि पछिल्ला बर्षहरुमा साँस्कृतिक कार्यक्रमका कारण पाँचदिन सम्म चल्छ । रुरु क्षेत्रको रिषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।