ताजा अपडेट »

फिल्म अध्ययनका लागि रुपन्देहीमा एकेडेमी

सोमबार, २६ माघ २०७७, ०९ : ३६
8 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा ३ युवाको सहलागानिमा बुटवल फिल्म एकेडेमीको शुरुवात भएको छ । लुम्बिनी प्रदेशका संघीय मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले गमलामा पानी हालेर एकेडेमीको शनिबार उद्घाटन गरे ।

फिल्म विधामा अध्ययन गर्न काठमाण्डौं, छिमेकी मुलुक भारत या विदेश जानपर्ने बाध्यता अब टरेको मन्त्री केसीको भनाई थियो । नेपालि चलचित्रका अभिनेता बिपिन कार्की भस्मेडनको समेत उपस्थिती रहेको कार्यक्रममा यस क्षेत्रका फिल्म पढ्न इच्छुक बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

चलचित्र प्रदेश ऐेन क्याविनेटमा जाने क्रममा रहेको बताउदै मन्त्री केसीले हिउँदे अधिवेसनमा सो कार्यको सुरुवात गर्ने र एकेडमी संरक्षण गर्ने दायित्वमा सरकार रहने बताए । भारतीय फिल्ममा जस्तै नेपालमा एकेडमि आवश्यक रहेको र लुम्बिनी प्रदेशमा फिल्म पार्क बनाउने गरि गुरुयोजना बनाएको उनले बताए ।

तिलोत्तमाका ३ युवा दिपेन कंडेल, अरुण शर्मा र शास्वत पाण्डेले एकेडेमी सञ्चालनमा ल्याएका हुन् । विभिन्न ५ विधामा अध्यापन हुने गरि एकेडेमीको शुरुवात गरिएको हो । एकेडेमीले स्थापनाको अवसरमा लघु मिल्म प्रतियोगिताको आयोजना गरेको छ । जसको अभिनय विधाका बिजेतालाई नगद ५० हजार, गायनतर्फ २ लाख बराबरको अडियो भिडियोग्राफीसहितका पुरस्कार वितरण गरिने एकेडेमीले बताएको छ । यसैगरी आमा बिषयमा टिकटक प्रतियोगिता गराइएको संचालक दिपेन कंडेलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।