ताजा अपडेट »

खड्का र अधिकारी जोडीलाई लाफा ब्याडमिन्टनको उपाधि

शनिबार, २४ माघ २०७७, २२ : २२
6 Shares

बुटवल । पोखराका विशाल खड्का र विधान अधिकारीले तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि चुमेका छन् । लाफा समुह बुटवलले आयोजना गरेको खुल्ला तथा भेन्ट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगितामा उपाधिका लागि आज (शनिबार) भएको खेलमा बुटवलका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २-१ को सेटमा पराजित गर्दै उनीहरुले उपाधि हासिल गरेका हुन् ।

उपाधिसंगै खड्का र अधिकारीको जोडीले नगद ५५ हजार ५ सय ५५, कप, मेडल प्रमाणपत्र प्राप्त गरेका छन् भने बुटवलका नेपाल र रायमाझीको जोडी नगद ४१ हजार ५ सय ५५ रुपैया, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ । खुल्लातर्फ पोखराका विशाल बस्नेत र प्रनिश सिह ठकुरीको जोडी तथा लाफा समुहका सुशील गिरि र विबेक न्यौपानेको जोडी तेस्रो हुँदै नगद ३१ हजार ५ सय ५५ रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

भेट्रान्सतर्फको खेलमा पाल्पाका वसन्त बज्राचार्य र महेश बज्राचार्यको जोडीले उपाधि हात पारेका छन् । फाईनल खेलमा गुल्मीका नवराज श्रेष्ठ र कृष्ण रानाको जोडीलाई २-० को सोझो सेटमा पराजित गर्दै पाल्पाका बज्राचार्यको जोडी विजयी हुँदै नगद २५ हजार ५ सय ५५, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका हुन । उपविजेता गुल्मीका श्रेष्ठ र रानाको जोडी नगद १५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । भेट्रान्सतर्फ बुटवलका गोपाल टण्डन र अर्जुन बहादुर कार्कि तथा शंकरनगरका पुरन गाहा र सुरज गुरुङ तेस्रो हुदै नगद १० हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा गुल्मीका मनोज फौज्दार उदयमान खेलाडी, दाङका हिमान्शु कुंवर उत्कृष्ट खेलाडी, बुर्तिवाङका जेनिस शेरचन अनुसाशित खेलाडी घोषित हुदै नगद, कप, मेडल र प्रमाणपत्रबाट सम्मानित भए ।

विजेताहरुलाई बुटवल उपमहानगरपालिका-८ का अध्यक्ष भिमबहादुर श्रेष्ठ, लाफा समुहका अध्यक्ष तारा रेश्मीमगर, बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ, क्लबका संरक्षक बासुदेव लामिछाने, सल्लाहकार केशव राना र सल्लाहकार देवेन्द्र थापाले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै उनीहरुले आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।