ताजा अपडेट »

राजु परियार र पारु केसीको ‘लेउन चाखम् मैया’ को भिडियो

शनिबार, २४ माघ २०७७, १० : २३
14 Shares

बुटवल । लोकदोहोरी गायिका पारु केसीको नयाँ गीत ‘लेउन चाखम् मैया’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। चर्चित लोकदोहारी गायक राजु परियार र गायिका केसीको स्वर रहेको म्यूजिक भिडियोमा धन कमाउनकै लागि माया प्रेम बिर्सिएर विदेश जानु परेको प्रेमी –प्रेमिकाका व्यथा समेटिएको छ । म्यूजिक भिडियो गल्कोट म्यूजिकको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द र संगीत रामु बिरहीको रहेको छ । बिनोद श्रेष्ठ, रञ्जिता गुरुङ, सरोज लामाको अभिनय तथा करुण श्रेष्ठ आशिष कार्कीको बाल अभिनय रहेको भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन्। साई भिजन प्रा.लिमा दृष्य निर्माण गरेको भिडियोको छाँयाङ्कन नवराज उप्रेती र सम्पादन विष्णु शर्माले गरेका हुन् । गायिका केसीले नेपाली गाउँले परिवेशको जीवन कथामा आधारित रहेर म्यूजिक भिडियो निर्माण गरिएको बताइन्।

https://www.youtube.com/watch?v=BeSKgiJTQlI
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।