March 1, 2021, Monday
२०७७ फाल्गुन १७, सोमबार

प्रधानमन्त्रीको प्रश्न : मांसाहारी आन्दोलन भनेको चिकेन चिल्लि खान्छु भनेको हो ?

396

बुटवल । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कसैले चाहदैमा हिंसात्मक आन्दोलन नहुने बताएका छन् । शाकाहारी आन्दोलनले हुँदैन भन्दैमा कसैले नरभक्षी आन्दोलन चाहेको छ भने त्यो असम्भव रहेको उनले बताए । ‘मांसहारी आन्दोलन भनेको चिकेन चिल्ली खाने भनेको हो ?’, दाहाल–नेपाल समुहलाई व्याङ्गात्मकशैलीमा प्रश्न गर्दै उनले मांसहारी हान्दोलन भनेको नरभक्षी आन्दोलन भएकाले त्यो सम्भव नरहेको दाबी गरे ।

नेकपाले काठमाण्डौंमा आजको गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आलोचकहरुलाई मन थामेर बस्न आग्रह गरेका छन् । काठमाण्डौंमा आज गरिएको जनसभा कास्टिङ मात्र भएको बताउँदै उनले भने–‘यो कास्टिङ मात्रै हो, यदी हामीले वृहत जनसभा नै गर्नुपर्यो भने काठमाण्डौंका सबै सडकमा स्क्रिन राखेर गर्ने छौं ।’ पार्टीको आधिकारिकताको विवादसमेत समाप्त भएको उनले दाबी गरे । ‘आज हामीलाई काठमाण्डौंमा सभा गर्ने ठाउँ भएन, जुन ठाउँ गएपनि अरुलाई त्यो ठाँउ ठूलो हुन्छ, हामीलाई सबै ठाउँ सानो भयो । हामीले सबैभन्दा ठूलो ठाउँ छान्यौं, तै पनि मानिसहरु अटेका छैनन् । फेरि पनि मानिसहरु सोधिरहेका छन् मुल पार्टी कुन हो ?’–ओलीले भने, ‘अझै पनि कोही अलमलमा छन् भने कठैबरा भन्न सकिन्छ ।’

सभामा सहभागीसँग नारा लगाउँदै उनले जनता चुनाव चाहेको दाबी गरेका छन् । ‘जनताले के भन्छ ? चुनाव चाहियो भन्छ ।’–भन्ने नारा लगाउँदै उनले आगामी वैशाखमा हुने निर्वाचनले नै कसको नेतृत्वमा सरकार बन्ने भनि फैसला गर्ने बताए । निर्वाचन आयोगमा पुगेर निर्वाचन नगराउनका लागि धाकधम्किसमेत दिने गरेको आरोप लगाउँदै उनले भने ‘हामीले कसैलाई धम्कि दिदैनौं, हामी विनम्रताका साथ आग्रह गछौं ।’ उनले अदालतलाई धम्कि दिने तथा निर्वाचन आयोलाई धम्कि दिने काम भएको आरोप लगाए ।

पछिल्लो अपडेट