ताजा अपडेट »

चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणप्रति रावलको जवाफ : तानाशाह बन्ने दुःस्वप्ना

शुक्रबार, २३ माघ २०७७, १५ : ३९
6 Shares

बुटवल । नेकपाका प्रचण्ड–नेपाल समूहका स्थायी कमिटीका सदस्य भिम रावलले गृहमन्त्रीको भाषणले प्रधानमन्त्री केपी ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्ना देखिरहेको पुष्टि भएको बताएका छन् ।

नेकपा ओली पक्षले शुक्रबार काठमाडौको दरबारमार्गमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले मांशाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा थुन्ने अभिव्यक्ति दिएका थिए । गृहमन्त्री थापाले उक्त भाषण गरेको केहीबेरमा रावलले ट्वीट गर्दै रावलले सो कुरा बताएका छन् ।

‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रमं ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ ।निरंकुशतन्त्र ढल्छ।’–रावलले भनेका छन् ।

https://twitter.com/BhimRawal179/status/1357610678467522563?s=20
https://www.globalaawaj.com/archives/79353
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।