ताजा अपडेट »

मांसाहारी आन्दोलन गर्नेहरुलाई जाउलाखेलको ‘जू’ मा बन्द गर्छौ : गृहमन्त्री

शुक्रबार, २३ माघ २०७७, १३ : ५९
6 Shares

बुटवल । गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलनको घोषणा गर्नेहरुलाई सचेत हुन आग्रह गरेका छन् । नेकपाले काठमाण्डौ आयोजना गरेको वृहद जनसभालाई सम्बोधन गर्दै थापाले मांसाहारी आन्दोलन गर्नेहरुले गर्दा मुलुकमा असाधारण परिस्थिती स्थापना भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री तथा राष्ट्रपतिलाई अपदस्त गर्ने षड्यन्त्रका कारण मुलुकमा असाधारण परिस्थिती सिर्जना भएको बताउँदै गृहमन्त्री थापाले भने–‘मांसाहारि आन्दोलन घोषणा गर्नेहरुलाई जाउखा खेलको जुमा लगेर हामीले बन्द गरिने छ ।’ जनतालाई फेरी आन्दोलित गरेर मात्रै संविधानको रक्षा गर्न सकिने बताउँदै उनले आगामी वैशाखमा हुने निर्वाचनलाई एक आन्दोलन र गणतन्त्र सुदृढिकरणको रुपमा लिन आग्रह गरे । ऐतिहासिक आन्दोलनले मात्रै अहिलेको असाधारण परिस्थितीलाई साधारण अवस्थामा ल्याउन सकिने उनले जिकिर गरे ।

https://www.globalaawaj.com/archives/79308
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।