१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

सांकेतिक तस्विर

जाजरकोट । अघिल्लो वर्ष सबै विद्यालयमा पुगिसक्नुपर्ने सेनिटरी प्याड अझै भेरी नगरपालिकाका विद्यालयमा नपुगेको बताइएको छ ।

Advertisement

सदरमुकामस्थित भेरी नगरपालिकामा विद्यालय सञ्चालन भएको लामो समयसम्म प्याड नपुग्दा छात्रा समस्यामा परेका छन् । सङ्घीय सरकारको अनुदानमा सबै विद्यालयका छात्रालाई महिनावारी हुँदा प्रयोग गर्न सजिलो होस् भनी अघिल्लो वर्ष स्थानीय तहलाई रकम भुक्तानी गरिएको थियो । अघिल्लो वर्ष रकम पाएर प्याड खरिद गरेको भेरी नगरपालिकाले अहिलेसम्म विद्यालयमा पठाउन नसकेको हो ।

यही माघ ८ गते बसेको प्रधानाध्यापकको बैठकमा सबै विद्यालयले प्याड लिन आग्रह गरे पनि अहिलेसम्म विद्यालयमा नपुगेको नगर शिक्षा समितिले जानकारी दिएको छ । भेरी नगरपालिकाभित्रका अधिकांश विद्यालयमा खानेपानी, शौचालय र बालमैत्री नहुँदा समस्या हुँदै आएको छ । आधारभूत तहका विद्यालयमा सेनिटरी प्याड दिने व्यवस्था रहेको छ ।

त्यस्तै भेरी नगरपालिकाले पाँच महिनाभन्दा लामो समयदेखि सुत्केरी भत्ता नदिएको पाइएको छ । दैनिक भत्ताका लागि आउने गरेको भए पनि रकम नगरपालिकाले भुक्तानी नगर्दा काम गर्न नै अप्ठ्यारो भएको स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य सेवा कार्यालयमा सुत्केरी हुनेले तत्काल यातायात खर्चवापत रकम पाए पनि भेरी नगरपालिकाले पाँच महिनादेखि भुक्तानी गरेको छैन । यता भेरी नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बुढाले खानाका लागि नदिएको भनी प्रतिक्रिया दिए । भत्ता नपाएका सुत्केरीले कहिले सुत्केरी भत्ता पाउँछन् भन्ने जिज्ञाशामा उनले यस्तो प्रतिक्रिया दिएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट अमरज्योतीको १४ औं वार्षिक साधारणसभा तिलोत्तमाको मेलामा दर्शकको चाप बढ्दै, शनिबार मात्रै ५० हजारले अवलोकन गरेको दाबी ‘परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ’ बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली डुब्न थालेपछि रुपन्देहीका सहकारीहरु एक ठाउँमा, संकट टर्नेमा अभियान्ताहरुकै आशंका