१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

काठमाडौ । नेपालले विश्व स्वास्थ्य संगठनको प्रयासमा कोभिड १९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने भएको छ । कोभ्याक्सले खोप वितरणको सुरुवात फेब्रुअरी अन्तिमबाट सुरु गर्ने जनाएको छ ।

Advertisement

कोभ्याक्सले बुधबार ‘अन्तरिम वितरण पूर्बानुमान’ शीर्षक राखेर जारी गरेको वक्तब्यमा १४० राष्ट्रलाई पहिलो चरण अन्तर्गत ३३ करोड ६० लाख खोप वितरण गर्ने जनाएको छ ।

कोभ्याक्सका अनुसार उक्त वितरण ब्यवस्था बमोजिम नेपालले उक्त मात्रामा खोप पाउने भएका हुन् । नेपालले पाउने खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको हो । विश्व स्वास्थ्य संगठनको पहलमा यूरोपेली आयोग र फ्रान्सले स्थापना गरेको ‘वान वल्र्ड प्रोटेक्टेड’ कार्यक्रमको अङग कोभ्याक्स हो ।

कोरोनाविरुद्धको खोपमा सबै राष्ट्रको पहुँचका लागि कोभ्याक्सले करिब २४ करोड खोप आष्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गर्ने खोप खरिद गर्ने सम्झौता गरेको छ । उक्त खोप एशिया क्षेत्रमा भारतको सिरम इन्स्टिच्युटले आपूर्ति गर्दैछ । ‘ग्लोबल अलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन’(गाभी)ले नौ करोड ६० लाख खोप आष्ट्राजेनेकासँग पूर्ब सहमति बमोजिम उपलब्ध गराउनेछन् ।

त्यसैगरी, कोभ्याक्स कार्यक्रम अन्तर्गत नै जर्मनीको बायोएनटेक र फाइजरले समेत खोप आपूर्ति गर्नेछ । उक्त खोपको परिमाण थोरै मात्रै छ ।

कोभ्याक्सले कोभिड १९ को जोखिममा रहेका विश्वका करिब तीन प्रतिशत जनसंख्यालाई ध्यानमा राखेर उक्त खोप कार्यक्रम चलाउने जनाएको छ । आगामी छ महिनाभित्रै सबै राष्ट्रमा पहिलो चरण अन्तगर्त तीन प्रतिशत जनसंख्यामा खोपको पहुँच हुने उसले उल्लेख गरेको छ ।

कोभ्याक्सको खोप अभियानमा कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको राष्ट्रलाई मात्रै उक्त अभियानमा सहभागी गराइनेछ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने