१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

विराटनगर । अन्धविश्वासमा परेर विराटनगरका एक परिवारले रु ५० हजार गुमाएका छन् भने घरधनीकी छोरी पनि बेपत्ता भएकी छन् ।

Advertisement

यही माघ १० गते तिम्रो घरमा सुन गाडिएको छ, म धामी हुँ भन्दै विराटनगर महानगरपालिका–१९ का दिनेश मण्डलले वडा नं ४ का ध्रुवनरायाण माझीको आमासँग रु ५० हजारसहित उहाँकी २४ वर्षीय छोरी गजेश्वरी माझीलाई पनि बेपत्ता बनाएको पीडितकी छोरा ध्रुवनारायण माझीले आज यहाँ पत्रकार सम्मेलन गरेर आरोप लगाए ।

घरको पैसा र बहिनीसमेत बेपत्ता भएपछि प्रहरीमा उजूरी दिएको र सो उजूरीको अहिलेसम्म सुनवाइ नभएको उनको आरोप छ । समाजमा धामीझाँक्रीको नाममा ठगी गर्ने यस्ता अपराधीलाई हदैसम्मको कारवाही हुनुपर्ने उनको भनाइ छ । आफू घरमा नभएको बेलामा मेरी आमालाई ललाइफकाई गरेको यस्तो कर्तुतबाट सम्पत्तिसहित बहिनी पनि हराएको पत्तो आफूले दुई दिनपछि मात्र थाहा पाएको बताउँदै उनले थाहा पाउने वित्तिकै प्रहरीमा उजूरी दिएको जानकारी दिए ।

आमालाई अनेक कुरा गरेर मोहित पार्न सफल धामी मण्डलले कलाजादु जस्तै एउटा औँठी घरबाट निकालेको र यही लोभमा परेर आमाले रु ५० हजार धामीलाई दिएको उनले बताए । धामीले भने अनुसारको सुन निकाल्न भनेपछि धामी भागेको बताइएको छ । धामीले बाहिर पूजा गर्नुपर्छ र कुमारी कन्या पनि चाहिन्छ भनेर गजेश्वरीलाई लिएर भागेको धामी अहिलेसम्म पत्तो नलागेको र प्रहरीले पनि जाहेरी कर्ताको उजूरीमा ध्यान नदिएको माझीको आरोप छ ।

प्रतिकृया दिनुहोस्

Flash News

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा प्रदेश सरकार गठन गर्न केन्द्रको भर, लबिङका लागि नेता भेट्नेको लर्को यस्तो छ आजको मौसमी पूर्वानुमान