१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

भैरहवा । भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा अन्तरगतको अन्तिम सेमिफाइनल खेलमा न्यु होराइजन क्रिकेट एकेडेमी विजयी भएको छ । बिहीबार भएको खेलमा होराइजनले कासी नोबल एकेडीमीलाई २३ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

जितसँगै होराइजनले फाइनलमा शुक्रबार उपाधिका लागि धनगढी क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्ने छ । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १२१ रन बनायो । उसका लागि अमर थापाले २७ र सचिन थापाले अविजित २६ रन बनाए । बलिङमा कासीका रमेश कुर्मी, सन्देश जिसी र अर्जुन कारोसले समान २÷२ विकेट लिए । जवाफी ब्याटिङ गरेको कासीले ३४.२ ओभरमा सबै विकेट गुमाई ९८ रनमै समेटियो । उसका लागि सन्तोष यादवले २७ र सिद्धार्थ अधिकारीले १४ रन बनाए । बलिङमा होराइजनका सुमित पराजुलीले ७ ओभरमा ४ मेर्डन राख्दै ७ रन खर्चेर ४ विकेट लिए । यस्तै, प्रकाश गिरी र अनिल थापाले समान १÷१ विकेट लिए । सुमित पराजुली म्यान अफ द म्याच भए ।

पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा जारी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू आगामि सरकारका आर्थिक चुनौती जेलमै बसेर रेशमले जिताइदिए बुवा र श्रीमतीलाई देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ? समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?