१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

कावासोती। गण्डकी प्रदेशको विकासको आधार मानिएको त्रिवेणी–पोखरा–कोरोला सडकखण्डको दुम्किबास–त्रिवेणी खण्ड निर्माण हुन सकेको छैन् ।

Advertisement

भारत र चीनलाई जोड्ने सडकका रुपमासमेत हेरिएको त्रिवेणी–पोखरा–कोरोला सडकखण्डको दुम्किबास–त्रिवेणी खण्डको निर्माण कार्य अझै शुरु हुन नसकेको हो । गण्डकी प्रदेश सरकारले त्रिवेणी–पोखरा–कोरोला सडकले उत्तर चीन र दक्षिणमा भारतलाई जोडने हुँदा प्रदेशकै विकास र समृद्धिको आधारका रुपमा यस सडक खण्डलाई हेरेको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको गैँडाकोटदेखि उत्तरी नाका कोरोलासम्म विभिन्न चरणमा काम भइरहँदा भारतीय नाकासँग जोड्ने दक्षिण खण्डको दुम्किबास–त्रिवेणी खण्डमा भने सडक निर्माणको काम हुन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले केही कानूनी अड्चनका कारण यो खण्डमा काम हुन नसकेको जनाइएको छ । दुम्किबासको बगुवनदेखि त्रिवेणीसम्मको करीब १६ किलोमिटर खण्डमा सडक निर्माण हुन सकेको छैन् । यो खण्डमा सडक निर्माण नहुँदा गण्डकी प्रदेशको सिधा पहुँच भारतसँग हुन नसकेको बताइएको छ । यो खण्डमा सडक निर्माण नहुँदा अहिले दुम्किबासबाट लुम्बिनी प्रदेश हुँदै करीब ४५ किलिमिटर घुमेर त्रिवेणी नाका पुग्नुपर्ने अवस्था रहेको छ ।

विसं २०५९ साल अघि हुलाकी सडकका रुपमा सञ्चालनमा रहेको दुम्किबास–त्रिवेणी सडक खण्डमा २०६३ मा सडकको मर्मत गरी यातायातसमेत सञ्चालन गरिएको थियो । हुलाकी सडकको रुपमा रहेको यस खण्डलाई गजेन्द्र मोक्ष जनता मार्ग नामाकरण गरी २०६३ असोजमा यातायात सञ्चालन गरिएको तत्कालीन गजेन्द्रमोक्ष जनता मार्गका अध्यक्ष घनश्याम गिरीले बताए । “विसं २०६४ जेठसम्म यातायात सञ्चालनमा रहेको यस खण्डपछि चितवन राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगायो, निकुञ्जले चरिचरनको क्षेत्र भनेर समेटेपछि यो खण्डमा यातायात सञ्चालनमा रोक लगायो”, तत्कालीन सडक निर्माण समितिका अध्यक्ष गिरीले भने, “यो यस क्षेत्रका जनतालाई दिएको पीडा हो ।”

पूर्व–पश्चिम राजमार्गदेखि बगुवनसम्म अहिले सडक रहेको छ । बगुवनदेखि भारतीय नाका त्रिवेणी ब्यारेजसम्म १६ किलोमिटर रहेको छ । दक्षिणतर्फ ब्यारेजदेखि खयर खोलासम्म अहिले पनि यातायात सञ्चालन गर्न सकिने अवस्था रहेको छ । खयर खोलादेखि बगुवनसम्मको करीब ११ किलिमिटर सडक रहेको र यसखण्डमा अहिले पनि सामान्य मर्मत गरे यातायात सञ्चालन गर्न सकिने उनले बताए । दुम्किबास–दाउन्ने–बर्दघाट सडकलाई विसं २०६३ मा हुलाकी मार्गको रुपमा रहेको दुम्किबास–त्रिवेणी सडकको यातायत सञ्चालन गर्ने गरी ट्र्याक खोलिएको थियो । तत्कालीन जिल्ला विकास समिति, यस क्षेत्रका गाउँ विकास समिति, सडक डिभिजनकोसमेत आर्थिक सहयोग तथा स्थानीयवासीको जनश्रमदानमा कलभर्ट हाल्ने, बाटोको स्तरोन्नति गर्ने काम गरिएको थियो । तर पछि चितवन राष्ट्रिय निकुञ्जले यो सडक यातायात सञ्चालनमा रोक लगाएको हो ।

सोमबार मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुम्कीबासको बगुवन र त्रिवेणी खण्डमा यस सडक खण्डको निरीक्षण गरेका छन् । उनले यहाँका सरोकारवालासँग भेटेर सो सडक खण्डका विषयमा जानकारीसमेत लिएका छन् । निरीक्षण पश्चात् बोल्दै उनले यो सडकखण्ड त्रिवेणी–कोरोला व्यापारीक मार्गका रुपमा विकास हुने बताए । “चीन र भारतको ट्रान्जिट प्वाइन्टका रुपमा विकास गर्ने सोच बनाएका छौं । उत्तरी खण्डमा नाकासम्म पहुँच भएको भएपनि दक्षिणी खण्ड भारतको सीमासँग जोडिएको त्रिवेणी पुग्न अझै पनि अन्य प्रदेशको मार्ग भए जानुपर्ने बाध्यता रहेको छ”, मुख्यमन्त्री गुरुङले भने, “यस खण्डको निर्माणमा प्रदेश सरकारले प्राथमिकता दिएको छ ।” दक्षिणी खण्डको रुपमा रहेको दुम्किबास–त्रिवेणी खण्डमा केही कानूनी अड्चन रहेको बताउँदै उनले ती अड्चन हटे यसै वर्षबाट निर्माणको काम शुरु गर्ने भने ।


दुम्किबास–त्रिवेणी सडक निर्माणमा बजेटको कुनै अभाव हुदैन, बहुवर्षीय योजनामा राखेर काम गरिने छ”, उनले भने, “त्यसका लागि कानूनी अड्चन हटाउन जरुरी छ, हामी पहल गरिरहेका छौ ।” स्थलगत रुपमा निरीक्षण गर्दासमेत दुम्किबास–त्रिवेणी खण्डमा यसअघि चलनचल्तीमै रहेको सडक देखिएकाले अब कानूनी अड्चनले यसलाई रोक्न नहुने देखिएको मुख्यमन्त्री गुरुङले बताए । देशका अन्य क्षेत्रमा निकुञ्जबाटनै सडक रहेको बताउँदै यसलाई पनि पक्रिया पुर्याएर खोल्नुपर्ने उनले बताए ।

नवलपुरलाई पोखरासम्म जोड्ने सडकको रुपमा तँनहुको भिमाददेखि मानपुरहुँदै डेढगाउँसम्म स्तरोन्नतिको काम भइरहेको बताउँदै डेढगाउँबाट कावासोती हुँदै प्रदेशकै बाटोबाट त्रिवेणी पुग्ने गरी प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा यसलाई हेरेको मुख्यमन्त्री गुरुङले बताए । दुम्किबास–त्रिवेणी सडकखण्ड सञ्चालन गर्न नसक्दा त्रिवेणी क्षेत्रका बासिन्दा सदरमुकाम कावासोतीसम्म आउन प्रदेश नं ५ को बाटोघण्टौं लगाएर आउनुपर्ने बाध्यतासमेत रहेको छ । विनयी त्रिवेणी गाउँपालिका–६ र ७ अन्तर्गत पर्ने त्रिवेणीका बासिन्दा गाउँपालिकाको कार्यालय आउन पनि ४५ किलोमिटरको दूरी घुमेर प्रदेश नं ५ को बाटो हुँदै आउनुपर्ने समस्या रहेको वडा नं–७ त्रिवेणीका सुरजकुमार कोहारको गुनासो छ ।

हुलाकी सडकको रुपमा चलनचल्तीकै बाटोपछि गएर सञ्चालनमा रोकिएको भन्दै उनले यसलाई खुलाउन सरकारले पहल गर्नुपर्ने बताए । चितवन राष्ट्रिय निकुञ्ज नारायणी नदी पारी चितवनमा पर्ने भए पनि नदी वारी नवलपुरमासमेत निकुञ्जले आफ्नो क्षेत्र दाबी गरी यातायात सञ्चालनमा रोक लगाएको भन्दै यो तत्काल खोल्नुपर्ने उनले बताए ।

दुम्किबास–त्रिवेणी सडक खण्डकमात्रै नभएर विकासको आधारसमेत भएकाले यसको सञ्चालन नितान्त आवश्यक रहेको यसै क्षेत्रका निवर्तमान सांसद तिलक महतले बताए । यो नाका खोल्नासाथ गण्डकी प्रदेशको सहज पहुँच भारतसँग हुने हुँदा विकासको ढोका खुल्नेसमेत उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने