१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

परासी । ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पुयाउने उद्देश्यले नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को रामग्राम नगरपालिकाले ‘ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । यस कार्यक्रमअन्तर्गत नगरका ६५ वर्षदेखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई आधारभूत तहको स्वास्थ्य सुविधा घरमै उपलब्ध गराइनेछ ।

Advertisement

परिवारका सदस्यको बढ्दो व्यस्त जीवनशैलीका कारण हेरचाहबाट बञ्चित एवं अर्थाभावका कारण उपचारबाट बञ्चित हुन पुगेका ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै रामग्राम नगरपालिकाले यही फागुनदेखि ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम सञ्चालन गर्न लागेको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए । स्थानीय तहमार्फत सञ्चालन हुन लागेको यस किसिमको कार्यक्रम नेपालमै नयाँ र पहिलो रहेको उनको दाबी थियो ।

“परिवारका सदस्यको व्यस्तताले अधिकांश ज्येष्ठ नागरिकलाई हेरचाह गर्ने समय मिलेको हुँदैन, त्यसरी स्याहारसुसार नपाएका ज्येष्ठ नागरिकको पहिलो प्राथमिकता भनेको स्वस्थ जीवन नै हो, सङ्घीयता र स्थानीय सरकारलाई घरदैलोमै अनुभूति गर्ने गरी ज्येष्ठ नागरिकको स्वास्थ्यलाई जोड दिएर यो कार्यक्रम सञ्चालन गर्न लागेका हौँ”, उनले भने ।

चौरासी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्ष्य गरी लुम्बिनी प्रदेश सरकारले यस किसिमको कार्यक्रम सञ्चालन गरिरहेकाले ६५ देखि ८४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई लक्ष्य गरी नगरपालिकाले यो कार्यक्रम सञ्चालन गर्न लागेको नगरपालिकाले जनाएको छ । रामग्राम नगरपालिकाभित्र एक हजार ४५७ पुरुष र एक हजार ३५० महिला गरी दुई हजार ८०७ जना ६५ देखि ८४ वर्षभित्रका ज्येष्ठ नागरिक रहेको तथ्याङ्क छ ।

लक्षित ज्येष्ठ नागरिकलाई महिनाको एकपटक स्वास्थ्यकर्मीले उनीहरुको घरमै पुगेर आधारभूत तहको स्वास्थ्य सेवा उपलब्ध गराउनेछ भने दीर्घरोगीलाई आवश्यक परामर्श तथा जटिल प्रकारको बिरामी भए सम्बन्धित अस्पतालमा सिफारिसका लागि सुझाव दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले बताए । “विशेषगरी अर्थाभावका कारण उपचार पाउन नसकेका लक्षित उमेर समूहका ज्येष्ठ नागरिकका लागि यो कार्यक्रम बरदान सावित हुने अपेक्षा छ”, उनले भने ।

नगरपालिकाका १८ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भइसकेको र आठ स्वास्थ्यचौकीसमेत रहेकाले यो कार्यक्रम निरन्तर सञ्चालन हुने उनको भनाइ छ । नगरपालिकाले पर्याप्त मात्रामा औषधि खरिद गर्दै आएकाले औषधिको खपत गर्न पनि यो कार्यक्रम सहयोगी हुने नगरपालिकाको विश्वास छ ।

घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउने क्रममा ज्येष्ठ नागरिकलाई ३८ प्रकारका निःशुल्क औषधि उपलब्ध गराइनेछ । ३७ प्रकारका औषधि नेपाल सरकारले नै निःशुल्क उपलब्ध गराउँदै आएकामा नगरपालिकाले मधुमेहको औषधि पनि थपेर निःशुल्क उपलब्ध गराउन लागेको जनाएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अनिल खड्काका अनुसार ज्येष्ठ नागरिकका लागि घरमै दिइने सेवामा उच्च रक्तचाप, दम, पल्स, तापक्रम, मधुमेह, पिसाब जाँच, नसर्ने रोगको पहिचान तथा उपचारको सल्लाह दिइने, सर्ने रोगहरु क्षयरोग, कुष्ठरोग, औँलो तथा स्वास्थ्य समस्याको जाँच, क्षयरोग पहिचानका लागि खकार सङ्कलन तथा परीक्षणलगायत सेवा उपलब्ध गराइनेछ । पारिवारिक व्यस्तताले उपचार पाउन नसकिरहेका ज्येष्ठ नागरिक अब यो कार्यक्रममार्फत सहजरूपमा स्वास्थ्य सेवाको पहुँचमा पुग्ने नगर उपप्रमुख रम्भा कुँवर बताए।

प्रतिकृया दिनुहोस्

Flash News

प्रतिनिधिसभामा कर्णाली प्रदेशमा एमाले शून्य, मुख्यमन्त्री बारे चर्चा शुरू पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट, दोषीमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध  रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा विजयी माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू