ताजा अपडेट »

आमहड्तालको असर पश्चिम नवललपरासीमा

विहीबार, २२ माघ २०७७, १४ : ४५
10 Shares

नवललपरासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहले आव्हान गरेको आम हड्तालको असर पश्चिम नवललपरासीमा पनि परेको छ । विहानै देखी मुख्य राजमार्ग पुर्व पश्चिम राजमार्गमा लामो तथा छोटो दुरीका सवारीसाधन संचालन नभएपछि राजमार्ग सुनसान जस्तै बनेको छ ।

साना सवारीहरु मोटरसाईकल र अटो रिक्साहरु केहि मात्रमा संचालन भए पनि अन्य सवारी साधन संचालन भएका छैन् । राजमार्ग आसपासका क्षेत्रमा ब्यापार ब्यबसाय पनि बन्द रहेका छन् भने विद्यालयहरु पनि बन्द भएका छन् । निजि तथा संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन नवलपरासीका अध्यक्ष ईन्द्र गुरुङले प्याब्सन आवद्ध जिल्लाभरका विद्यालय बन्द रहेको बताए।

राजमार्ग बाहेक भित्रि सडकहरुमा पनि अरु दिनको तुलनामा कम मात्रामा सवारी साधन चलेका छन् । मुख्य राजमार्ग आसपास भन्दा भित्रि क्षेत्रमा बन्दको प्रभाव केहि कम देखिएको छ । सदरमुकाम परासीमा बन्दको खासै प्रभाव परेको छैन । पसल ब्यबसायहरु संचालन भएको र यातायातका साधनहरु संचालमा रहेको बताईएक जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सार्वजनिक यातायातहरु भने बन्द रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले अनुसार अहिले जिल्लाको अवस्था सामान्य रहेको बताए। अन्य जिल्लाबाट नवलपरासी प्रवेश गर्ने गाडीहरु प्रवेश नभएका कारण जिल्लामा यातायत संचालन नभएको जस्तो देखिए पनि आन्तरिक रुपमा भने संचालनमा रहेको लामाले बताए ।

विहान केहि समय एकतादुई ठाउँमा कार्यकताको उपस्थिति देखिए पनि अहिले कतै पनि कार्यकताहरुको उपस्थिति नरहेको लामाले जानकारी दिए । बर्दघाटको टिसियन चोकमा भने प्रचण्ड माधव समुहका कार्यकर्ता सडकमै बसेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।