ताजा अपडेट »

अफगानिस्तानमा सेनाको कारबाहीमा १५ लडाकू मारिए

विहीबार, २२ माघ २०७७, १३ : ५३
6 Shares

काबुल । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्तमिा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरु भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ । कारबाहीमा अरु तीन जना तालिबानी लडाकू पनि घाइते भएका थिए । सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाई छ ।

मन्त्रालयले विद्रोही तालिबानका एउटा कारबम, तीन वटा मोटरसाइकल सहित हातहतियार बरामद भएको जनाएको छ । सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ ।

तर विद्रोहीहरुले सरकारका खासखास स्थान र व्यक्तिमाथि सांघातिक आक्रमण गरिरहेका छन् ।तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएका छैनन् ।-सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।