ताजा अपडेट »

बन्दकर्तालाई प्रधानमन्त्रीको प्रश्न : जनतालाई किन दुःख दिनुपर्यो ?

विहीबार, २२ माघ २०७७, ०९ : ०७
6 Shares

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोका छन् ।

नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई वुधबार सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष ओलीले ‘जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुपर्यो ?’ भनी प्रश्न गरेका हुन् । उनले जनताले बन्द नभई निर्वाचन चाहेको बताए ।

‘बन्द भनेपछि हिँडडुल गर्न पाइएन । केही किन्न जान पाइएन । पढ्न जान पाइएन । जनताले बन्द चाहेका छैनन्, जनताले निर्वाचन चाहेका छन्’, उनले भने, कम्युनिष्ट पार्टीको सरकार ढाल्ने, पार्टी फुटाउने र धुलो पार्न खोज्ने, कम्युनिष्ट पार्टीको बदनाम गर्न खोज्नेले कम्युनिष्ट क्रान्तिकारीको गफ दिएको आरोप लगाए । उनले अब सबै एकताबद्ध सही निर्णयका साथ गतिका साथ अगाडि बढ्ने र ‘समृद्ध नेपाल, र सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्ने बताए । प्रधानमन्त्री ओलीले जनताले आफूहरुलाई मतदान गर्ने भएकाले नेकपाको बहुमत आउने दाबी गरे ।

उनले सबै जिल्लामा सुकुम्बासी आयोग गठन भइसकाले काम अगाडि बढ्ने जानकारी दिए । ‘सुकुम्बासीको समस्या समाधन नगर्दा देशको समस्या समाधान हुँदैन । तपाईहरुको समस्या समाधान नगर्दा जनताको उद्देश्य पूरा हुँदैन’-प्रधानमन्त्रीले भने, ‘त्यसैले सरकार आफ्नो उद्देश्यमा असफल हुन तयार छैन । सुकुम्बासीको समस्या समाधान हुन्छ ।’

रासस
लेखकको बारेमा
रासस