ताजा अपडेट »

काठमाडौंमा बिहानै एक ट्याक्सीमा आगजनी

विहीबार, २२ माघ २०७७, ०७ : ०८
6 Shares

काठमाडौ । काठमाडौंको गोंगबुमा  ट्याक्सीमा आगजनी भएको छ। बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएको प्रहरीले जनाएकाे छ ।  आगजनीबाट ट्याक्सी पूर्णरुपमा क्षति भएकाे प्रहरीले जनाएकाे छ । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार प्रचण्ड–नेपाल समूहले देशव्यापी आम हड्ताल गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।