ताजा अपडेट »

पत्रकार महासंघ श्रमजिविकाे पक्षमा छ : अध्यक्ष आचार्य

बुधबार, २१ माघ २०७७, २० : ५७
12 Shares

बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गाेविन्द आचार्यले काेराेना महामारीमा पत्रकारहरूकाे श्रम शाेषण गर्ने मिडिया हाउस विरूद्व आन्दाेलन गरेपछि सुधार भएकाे बताएका छन् । उनले काेराेनाका बेला सञ्चारगृहले विभिन्न वाहना बनाएर पत्रकारलाई बेतलवी विदामा राखेकाे र पारिश्रमिक नै नदिएकाे गुनासाे आएपछि महासंघकै अगुवाइमा पत्रकार पुर्नवहाली र बक्यौता रकम प्रदान गरेकाे बताए । नेपाल पत्रकार महासंघ रूपन्देहीकाे बार्षिक साधरणसभालाई बुधबार बुटवलमा उद्घघाटन गर्दै अध्यक्ष आचार्यले पत्रकार महासंघ श्रमजीवी पत्रकारकाे पक्षमा निरन्तर लाग्ने बताए ।

नेपालका ठूला मिडिया हाउसले काेराेनाका वाहनामा श्रमजिवि पत्रकारलाई पारेकाे समस्या हल भईसकेकाे उनले बताए । उनले जिल्लाका संवाददाताहरूका लिस्ट तयार पारेर पत्रकारकाे हितमा लाग्ने बताए । उनले काेराेनाबाट उत्पन्न समस्या हल गर्नका लमगि अल्पकालिन र दिर्घकादिन रूपमा समाधानकालागि कारलाई सुझाव दिएकाे बताए । अाैद्याेगिक ऐन परिमार्जन गरि सेवामूलक उद्योगकाे मान्यता पाएकाे समेत उनले बताए । उनले अब मिडियाले त्यसबाट लाभ लिनुपर्नेमा जाेड दिए ।

अध्यक्ष आचार्यले नेपाली मिडियालाई पत्रकार कल्याण काेष बनाउनका लागि अदालतमा मुद्वा हालेर सरकारलाई बाध्य बनाएकाे बताए । पत्रकार महासंघ अगुवा नागरिक संगठन भएकाे बताउदै नेतृत्व समेत समावेशि बनाएकाे उनले बताए । "१३ जनमध्ये ८ जना समावेशि पदाधिकारी सुनिश्चित गर्नुपर्नेछ" उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।