१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

फाइल तस्विर

मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिकाले सीमान्तकृत चेपाङ समुदायको उत्थानका लागि कार्यविधि निर्माण गरेको छ । सीमान्तकृत चेपाङ समुदायको आर्थिक सामाजिक विकास गर्न कार्यविधि निर्माण गरिएको हो ।

Advertisement

गाउँपालिकाले तयार पारेको उक्त कार्यविधिको खाकामा चेपाङ समुदायका अगुवा, उक्त समुदायमा काम गरिरहेका विभिन्न सङ्घसंस्था र सरोकारवालासँग छलफल गरिरहेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन् । उनले भनीन् , “अहिले चेपाङ अगुवा र सरोकारवालासँग छलफल गरिरहेका छौँ, उनीहरुको सल्लाह सुझावलाई समेटेर कार्यविधिलाई पूर्णता दिनेछौँ र कार्यविधि आगामी गाउँसभाबाट पारित गरिने छ ।”

उनका अनुसार कार्यविधिमा चेपाङ समुदायलाई आत्मर्निभर बनाउन सीपमूलक, आयआर्जन, महिला सशक्तीकरण, कृषि तथा पशुपालनका माध्यमबाट रोजगारी सिर्जना, शिक्षातर्फ सबै बालबालिकालाई शिक्षा, हरेक वडामा उच्च शिक्षाको कक्षा सञ्चालनलगायत विषय समावेश गरिएको छ ।

आर्थिक अवस्थामा सुधार गर्दै चेपाङको मानसिक परिर्वतन गर्ने गरी कार्यविधि निर्माण गरिएको छ । सपना भिलेज सोसियल इम्याक्टसँगको सहकार्यमा अहिले पनि गाउँपालिकाले चेपाङ सुमदायको आमूलपरिवर्तनका लागि वडा नं–१ मा परियोजना नै सञ्चालन गरिरहेको उनले बताए।

नेपाल चेपाङ सङ्घ वाग्मती प्रदेश समितिका सचिव लक्ष्मण चेपाङले गाउँपालिकाले अघि सारेको उक्त योजनाले चेपाङ समुदायमा आमूलपरिवर्तन आउने विश्वास व्यक्त गरे । उनले वास्तविक चेपाङको पहिचान गरी रीतिरिवाज धर्म संस्कृति र संस्कारलाई समेत मध्यनजर गरी कार्यविधि बनाउन सुझाव दिएको बताए । नेपाल चेपाङ सङ्घका प्रतिनिधि र चेपाङ जनप्रतिनिधिलाई समेटेर समिति निर्माण गरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा प्रदेश सरकार गठन गर्न केन्द्रको भर, लबिङका लागि नेता भेट्नेको लर्को यस्तो छ आजको मौसमी पूर्वानुमान