१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

देउखुरी। दाङ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । नेपाल सरकारले प्रत्येक नागरिकको स्वास्थ्य बीमा गर्ने व्यवस्थाअन्तर्गत यो कार्यक्रम लागू हुन लागेको लुम्बिनी प्रदेशका स्वास्थ्य बीमा संयोजक मनोज पौडेलले जानकारी दिए ।

Advertisement

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले रु तीन हजार ५०० बुझाएमा एक वर्षका लागि रु एक लाख बराबरको स्वास्थ्य बीमा हुने छ । रु एक लाख बराबरको उपचार परिवारमध्येका जुनसुकै बिरामी भए पनि पाउनेछन् ।

कार्यक्रमअन्तर्गत ६ देखि माथिको परिवार सदस्य भए प्रतिसदस्य रु ७०० बीमा शुल्क लाग्ने र रु दुई लाखसम्मको बीमा सरकारले गर्ने छ । स्वास्थ्य जोखिम न्यूनीकरण गर्दैै पैसाको अभावमा कोही पनि रोगी भएर बस्नु नपर्ने भन्दै सरकारले दाङमा माघ ३० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको हो ।

गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता पनि गर्ने स्वास्थ्य बीमाको उद्देश्यअनुसार सबै पालिकाका हरेक वडामा एकजना दर्ता सहयोगी छनोट गरी तथ्याङ्क सङ्कलन गरेर बीमामा सर्वसाधारणलाई आबद्ध गराउने काम शुरु हुने कार्यक्रम सहजकर्ता नरेश चौधरीले जानकारी दिए। जिल्लाका दशवटै नगर तथा गाउँ कार्यपालिका सदस्य, स्वास्थ्यका कर्मचारी र कार्यालयका शाखाप्रमुखहरुलाई स्वास्थ्य बीमा कार्यक्रमबारे अभिमुखीकरण गर्ने क्रम जारी छ ।

सरकारले अति गरिब, पूर्ण अपाङ्गता, क्षयरोग, कुष्ठरोग, एचआइभी सङ्क्रमित र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई रु एक लाखसम्मको निःशुल्क बीमा गर्ने कार्यक्रम ल्याएको छ ।

यस्तै महिला स्वास्थ्य स्वयम्सेविकाको परिवारलाई योगदानको रकम ५० प्रतिशत छुट हुने छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिरामीलाई एक हजार ३३ प्रकारका औषधि, सबै प्रयोगशाला र भेन्टिलेटरसम्मको उपचार निःशुल्क हुने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बीमाको कार्यक्रम शुरु भएसँगै दाङ ६६ जिल्लाको सूचीमा परेको छ । स्वास्थ्य बीमा गरेको व्यक्तिले प्रथम उपचार सेवाका रुपमा आफू बसोबास गरेको क्षेत्रको अस्पतालको नाम उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

निर्वाध रूपमा रात्रीकालीन बजार सञ्चालन गर्न रुपन्देहीका हाेटल व्यवसायीकाे माग राप्रपा प्रवक्ता श्रेष्ठको नजरमा सरकार गठनमा माओवादीका ५ विकल्प हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट अमरज्योतीको १४ औं वार्षिक साधारणसभा तिलोत्तमाको मेलामा दर्शकको चाप बढ्दै, शनिबार मात्रै ५० हजारले अवलोकन गरेको दाबी ‘परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ’