२४ मंसिर २०७९, शनिबार

Dec 10, 2022

ऐतिहासिक महत्वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ । नेपाल ट्रष्ट सञ्चालक समितिको यही माघ ११ गतेको बैठकले सोे बङ्गलालाई पर्यटकीयस्थलका रुपमा प्रवद्र्धन गर्ने निर्णय गरेको हो ।

Advertisement

नेपाल पर्यटन बोर्डसँग समन्वय गरी कार्यविधि मस्यौदा सञ्चालक समितिसमक्ष पेश गर्न व्यवस्थापनलाई सहमति दिने निर्णय गरिएको छ । ट्रष्टका प्रवक्ता डा भीष्मकुमार भुसालले बङ्गलामा टिकट लिएर सर्वसाधारणलाई प्रवेशको अनुमति दिन लागिएको बताए । हाल बङ्गला क्षेत्रका भवनहरु मर्मतसम्भार र रङरोगन गरेर आवश्यक अस्थायी संरचना निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न बङ्गला खुला गरिँदैछ । भुसालले भने, “शुरुमा हामी बोर्ड र भरतपुर महानगरसँग परामर्श गरेर काम अघि बढाउँछाँै ।” सो ठाउँको हाल नेपाली सेनाले सुरक्षा दिँदै आएको छ ।

जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजीकैको सो बङ्गला जङ्गलभित्र एकान्तमा छ । उक्त दरबार यतिबेला हेरचाह र प्रयोगविहीन भएकाले ओझेलमा परेको छ । विसं २०२६ मा निर्मित सो बङ्गला राजा र राजपरिवारका सदस्यले काठमाडौँको कोलाहाल छल्न आउने मुख्य गन्तव्य बनेको थियो । राजा आइरहने भएकाले दियालो बङ्गला झकिझकाउ हुने गथ्र्यो । त्यसो त राजा महेन्द्रको निधन यही दरबारमा भएकाले र यससँगै पवित्र तीर्थस्थल देवघाटको मुख्य प्रवेशद्वार भएकाले पनि यो दरबारको महत्व बढी भएको हो ।

पूर्वराजपरिवारको सम्पत्तिको संरक्षण नेपाल ट्रष्टले गरिरहेको छ । उक्त ट्रष्टको एकाइ कार्यालय आँपटारीमा छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बीर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नं खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यको भएको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि यथावत छ । छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि ‘एडिसी क्वाटर’ र केही पर ग्यारेज छ । त्यहाँको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा ट्रष्टको कार्यालय छ ।

भुसालका अनुसार ५७ बिघा १३ कट्ठा सात धुरमा बङ्गला क्षेत्र फैलिएको छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबार क्षेत्रको सौन्दर्य बढाएको छ । दरबार परिसरको बगैँचा अहिले पनि यथावत छ । चितवन देशको तेस्रो पर्यटकीय गन्तव्य हो ।

प्रतिकृया दिनुहोस्

Flash News

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टीको सर्त राजधानीको विषयलाई लिएर राजनीति होइन प्रदेशसभाको निर्णय कार्यान्वयन गर्न सहयोग गर्नुहोस्: मुख्यमन्त्री केसी तिलोत्तमा मेला : कुस्तीमा नेपालकै पहलमान विजयी, शनिबारदेखि ब्याडमिन्टन प्रतियोगिता हुँदै राजनीतिले धरापमा पर्यो नेपालकको खेलकूद : केन्द्रिय उपाध्यक्ष श्रेष्ठ टरिगाउँ विमास्थलको डिपोमा हवाई इन्धन भरेको ६ महिनापछि रिफिल सेवा सञ्चालनको तयारी बुटवलमा सम्पन्न ११ औं एभरेष्ट वादविवादको उपाधि नव ज्योतिका पाठकलाई विश्वकपका अतिथिलाई खाना खुवाउँछन् नेपालका विनोद, धेरैको रोजाई माछा र तारेको आलु बुटवलको नरैनापुर विद्यालयमा शैक्षिक सुधारसँगै विद्यार्थीको आकर्षण तिलोत्तमा सहकारीद्वारा रक्तदान, ५२ यूनिट संकलन अन्तरविद्यालय क्रिकेटः लुम्बिनी र शान्ति नमूना फाइनलमा संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश राजनीतिक दलहरुले निर्वाचनमा महिलामाथि व्यापक विभेद् गरेः आयोग आर्थिक क्षेत्र चलायमान बनाउने नयाँ सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँण बुटवलमा पदक विजेता खेलाडीलाई सम्मान, पत्रकारद्वय पाण्डे र श्रेष्ठ पुरस्कृत बुटवलको ट्राफिक, ठेला, इरिक्सा र पार्किङ व्यवस्थापनको काम एकसाथ अघि बढ्ने कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने किसान च्याउ खेतीतर्फ आकर्षित सिनेमा हलले विश्वकप फुटबल देखाए कारबाही ठूलाे परिमाणकाे गाँजासहित पाँचजना पक्राउ