२२ मंसिर २०७९, बिहीबार

Dec 8, 2022

फाइल तस्विर

काठमाडौँ। हालै नेपाल–क्यानडामैत्री तथा सांस्कृतिक सङ्घ नेपालले द्विपक्षीय दौत्य सम्बन्धको ५६औँ वर्षगाँठ मनाएको छ । प्रा डा प्रदीपकुमार खड्काको अध्यक्षतामा काठमाडौँमा सम्पन्न कार्यक्रममा नेपाल–क्यानडाबीचको सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको सङ्घले जनाएको छ ।

Advertisement

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपालको क्यानडालगायत देशसँग व्यापार वाणिज्य विस्तारसम्बन्धी तथा ग्यास सञ्चालनमा सचेतता सम्बन्धबारे जानकारी दिए । राष्ट्रियसभाका सदस्य कोमल वलीले दुई देशबीचको सम्बन्ध प्रगाढ रहिआएको उल्लेख गर्दै आगामी दिनमा अझै विस्तार भएर जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्वराजदूत शम्भुराम सिंखडालगायत अन्य वक्ताहरूले प्रविधिको विकासले दुई देशहरु भौगोलिकरूपमा जतिसुकै टाढा रहे पनि एक आपसी सम्बन्धमा दूरीले फरक नपार्ने तथा क्यानडामा नेपालीहरूले सुरक्षितरूपमा जीवनयापन गर्न पाएकोप्रति धन्यवाद व्यक्त गरिए गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बुद्धिजीवी, प्राध्यापक, कलाकार, पत्रकारलगायत संस्थाका पदाधिकारीको उपस्थिति थियो ।

आयोजक संस्थाले वर्षगाँठको अवसरमा दुई देशबीचको सम्बन्ध प्रगाढ होस् भन्ने उद्देश्यले सो संस्थाका उपाध्यक्ष प्रा डा गोपाल पोखरेलले सम्पादन गर्नुभएको ‘सोभेनर’ नामक जर्नलसमेत विमोचन गराएको थियो । सो कार्यक्रम सधैँ जनवरी १८ तारिखमा मनाउने गरिए पनि यसपटक भने प्राविधिक कारणले जनवरी ३० तारिखमा मात्र मनाइएको अध्यक्ष खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘लैंगिक हिंसा न्यूनिकरणमा जिम्मेवार बन्दै सबै पक्ष संवेदनशिल बनौं’ कालिका क्याम्पसको ९ औं वार्षिकोत्सव : विभिन्न खेलकूद गतिविधिसहित रक्तदान असारमा ५ अर्ब सकेको लुम्बिनी सरकारले ४ महिनामा ४ अर्ब पनि बजेट खर्च गर्न सकेन् बुटवलको प्रदर्शनीलाई प्रविधि र दर्शक मैत्री बनाउने प्रतिवद्धता अन्तरविद्यालय क्रिकेटः सेमिफाइनल समीकरण पूरा बजारमा नक्कली मल, ‘ग्रीन च्यानलमा’ राखेर पास गर्दै भैरहवा भन्सार भैरहवाको मेडिकल कलेजले उपचारमा लापरबाही गरेको आरोप, पीडितले गरे क्षतिपूर्ति माग एनसेलले माग्यो माफी, सडक विस्तारका क्रममा फाइबर काटिएकाे भनाइ विदेशी सामानकाे आयात खुले पनि अटो व्यवसायमा कर्जा सीमा नहटेको भन्दै व्यवसायीको विरोध ज्यास्मिन ओझाले दिइन् महिला आयोगमा ज्यान सुरक्षाको निवेदन स्ववियु निर्वाचनको तयारीमा त्रिवि सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ५ महिला विजयी, कूल ६६ मध्ये ६१ सिटमा पुरुष गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता, महिला न्यून कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन मुस्किल एमालेकाे सचिवालय बैठक शुक्रबार बस्ने आलै छ कोरोनाले बनाएको घाउ कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा समानुपातिक सांसद चयनमा रास्वपाभित्र असन्तुष्टि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक