ताजा अपडेट »

चीनले आपत्ति जनाएपछि म्यानमारमा सेनाले गरेको‘कू’को निन्दा गर्न सुरक्षा परिषद् असफल

बुधबार, २१ माघ २०७७, १२ : ०९

काठमाडौँ । म्यानमारमा सेनाले गरेको ‘कू’को निन्दा गर्दै संयुक्त वक्तव्य निकाल्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् असफल भएको छ। मंगलबार बसेको सुरक्षा परिषदको आकस्मिक बैठकमा म्यानमारबारे चीनले आपत्ति जनाएपछि वक्तव्य निकाल्न परिषद् असफल भएको हो ।

यसअघि म्यानमारका लागि राष्ट्र सङ्घकी विशेष दूत क्रिस्टिना सार्नरले सेनाको कदमको निन्दा गर्दै प्रजातन्त्रप्रति समर्थन रहेको स्पष्ट सन्देश दिन सुरक्षा परिषद्लाई आह्वान गरेकी थिइन्।सोमबार बिहान राष्ट्रपति वुइन मीयन र सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङसाङ सुकीलाई नियन्त्रणमा लिएर सेनाले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरेको थियो।

सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो। गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार्टी न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी)ले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो । सेनाले उक्त चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ। सेनाले सङ्कटकाल घोषणा गरेपछि विश्वभरका नेताहरुले प्रजातन्त्रको पुनःस्थापनाको आह्वान गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।